विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान !

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त हुने भएका छन्। प्रधानमन्त्री देउवाले निर्देशन दिएसँगै कुलमान प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुने भएका हुन्।

देउवाले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई ठाडो निर्देशन दिएको बताइएको छ। आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकारणको कार्यकारी निर्देशक नियुक्त गर्न देउवाको निर्देशन रहेको छ।

देशमा व्याप्त लोडसेडिङ अन्त्य गरेर जनतामाझ लोकप्रिय भएका घिसिङको चार वर्षे कार्यकाल गत वर्ष सकिएको थियो। तर, केपी शर्मा ओली नेतृत्वको सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउने निर्णय गरेको थियो।

त्यसताका कुलमानलाई नै प्राधिकरणको जिम्मेवारी दिइनुपर्ने चर्को आवाज उठेपनि ओली सरकारले त्यसलै बेवास्ता गरेको थियो। ओली सरकारले निर्देशक नियुक्त गरेका शाक्यको काम सन्तोषजनक नभएको देउवा सरकारको ठहर छ।

प्रकाशित : मङ्गलबार, साउन १९, २०७८१६:४७

विद्युत प्राधिकरणमा कुलमानलाई ल्याउन प्रधानमन्त्री देउवाको यस्तो निर्देशन!