नायिका गरिमा पन्त बनिन आमा, के जन्माइन त? हेर्नुहोस तस्विर!

नेपाली सिनेमा क्षेत्रकी सालिन तथा चर्चित अभिनात्री गरिमा पन्तले छोरीलाई जन्म दिएकी छिन् ।

 

पछिल्लो समयमा नेपाली सिनेमा क्षेत्रको अभिनेत्रीहरुले आफ्नो गर्भावस्था तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् । यसै क्रममा अभिनेत्री प्रियंका कार्की, ऋचा शर्मा र गरिमा पन्तले आफ्नो बेबी पम्पको तस्विर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

यसै क्रममा अभिनात्री गरिमा पन्तले आज उनको छोरीको तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गर्दै आफूले छोरीलाई जन्म दिएको बताएकी छिन् । अहिले उक्त तस्बिर सामाजिक सञ्जालमा तिब्र   रुपमा भाइरल भइरहेको छ ।

गरिमाले तस्बिर पोस्ट गर्दै क्याप्सनमा लेखेकी छिन् ‘तिम्रो आगमनले हामी धन्य अनि भरिपुर्ण भयका छौं ।।
छोरी प्रिषा, तिमिलाइ यो सुन्दर धर्तीमा स्वागत ।’

यस अघि गरिमाले समुन्द्री किनारमा खिचेका केहि तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । पछिल्लो समयमा गरिमाले उनको गर्भावस्थाको विभिन्न तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै आएको थिइन् । उनको तस्बिरमा फ्यानहरुको सकारात्मक तथा नकारात्मक दुबै कमेन्ट पाउन सकिन्छ । तर अहिले गरिमाले उनको छोरी सहित श्रीमान र उनको तस्विर पोस्ट गर्दा फ्यानहरु तथा विभिन्न कलाकारहरुले बधाई दिएका छन् ।

गरिमाले पोस्ट गरेको तस्बिरलाई पोस्ट गरेको एक घण्टामा नै ३ हजार भन्दा बढीले लाइक गरिसकेका छन् । तस्बिर पोस्ट गर्दै गरिमाले उनको छोरीको नाम प्रिषा राखेको पनि जानकारी गराएकी छिन् ।

प्रकाशित : मङ्गलबार, साउन १९, २०७८१७:५७

जब रणबीरले दीपिका मेरा लागि दाल-भात जस्तै थिइन् भने …