बलिउडका चर्चित र्यापर हनी सिंहविरुद्ध उनकी पत्नी शालिनी तलवारले घरेलु हिंसाको आरोप लगाएकी छिन्। उनले पति हनि सिंहमाथि अदालतमा ‘द प्रोटेक्शन अफ वुमन फ्रम डोमेस्टिक भ्वाईलेन्स एक्ट’ अन्तर्गत उजुरी दिएकी छिन्।
अदालतले गायक हनीविरुद्धएक नोटिस जारि गरेको छ। जसमा गायकले २८ अगस्ट भन्दा अगाडी जवाफ दिनुपर्ने लेखिएको छ। हनी सिंहलाई दुबैको संयुक्त सम्पत्ति बेच्ने प्रतिबन्ध लगाइएको छ। आदेश शालिनी तलवारको पक्षमा पारित भएको छ।
हनी सिंहकी श्रीमतीले उनिमाथि थुप्रै गम्भीर आरोप लगाएकी छिन्। शारीरिक हिंसा, यौ-न हिंसा, मानसिक उत्पीडन र आर्थिक हिंसाको आरोप शालिनीले हनी सिंह मात्र नभई उनको आमा-बाबु र बहिनिमाथि लगाएकी छिन्। अदालतमा शालिनीले आफ्नो धन फिर्ता पाउनुपर्ने र जुन सम्पति हनी र उनको नाममा छ त्यो बेच्न पनि रोक लगाएकी छिन्।
बताइएअनुसार हनी सिंह र शानिली तलवारले २० वर्षको मित्रता र प्रेमपछि २०११ मा विवाह गरेका थिए। दुबैले दिल्लीको फार्महाउसमा सिख परम्परा अनुसार विवाह गरेका थिए।