रोनाल्डोको मन रियल माथि, रियलको मन एम्बाप्पे माथि !

एजेन्सी – छुट्टि मनाएर युभेन्टस फर्किसकेपनि क्रिस्टियानो रोनाल्डोले क्लब छाड्ने योजना त्याग्न सकेका छैनन्। स्पेनिस मिडिया एएसका अनुसार रोनाल्डो अझै पनि युभेन्टस छाड्ने योजनामै छन्।

एएसले एक रिपोर्ट प्रकाशित गर्दै रोनाल्डो युभेन्टस छाडेर अन्यत्र जाने पक्षमै रहेको दावी गरेको छ। उसका अनुसार रोनाल्डो जति सक्दो छिटो युभेन्टस छाड्न चाहन्छन्।

दिन बित्दै जाँदा रोनाल्डोले युभेन्टस छाड्ने सम्भावना साँघुरो हुँदै गएपनि रोनाल्डोको मन भने युभेन्टसमा बस्ने रहेको छैन। समाचारमा दावी गरिएअनुसार सिरी ‘ए’को ड्र सार्वजनिक हुने समय नजिकिइरहेको अवस्थामा पनि रोनाल्डोको मन थिर हुन सकिरहेको छैन।

पिएसजीको मन रोनाल्डो माथी

रोनाल्डो माथि फ्रेन्च क्लब पिएसजीले नजर लगाएको कुरा नौलो होइन। पछिल्लो केहि समय देखि पिएसजीले रोनाल्डोलाई नजिकबाट नियालिरहेको छ। युवा स्टार फरवार्ड किलियन एम्बाप्पेले सम्झौता थप नगर्ने स्पष्ट भैसकेको खण्डमा पिएसजीले रोनाल्डोलाई अझ बढी प्राथमिकतामा राखेको छ। रियल म्याड्रिड जाने भनेर चर्चा गरिएका एम्बाप्पेको ट्रान्सफर हुन सकेको खण्डमा उनको ठाउँमा रोनाल्डोलाई ल्याउने पिएसजीको योजना रहेको छ।

रोनाल्डोको मन रियल म्याड्रिड माथि

रियल म्याड्रिडमा रहेर कयौं उपाधि जित्ने मात्र नभई कयौं रेकर्ड बनएका रोनाल्डोको मनमा अझै पनि रियल प्रति प्रेम छ। उनी अझै पनि रियलमा फर्किन चाहिरहेको बताइन्छ। रोनाल्डोले अझै पनि रियललाई प्राथमिकतामा राखेका छन्। यदि एम्बाप्पेलाई भित्र्याउन रियल फर्किने रोनाल्डोको चाहना रहेको बताइन्छ।

रियलको मन एम्बाप्पे माथि

रोनाल्डोले रियल फिर्ता हुन चाहेपनि रियलले भने रोनाल्डोलाई प्राथमिकतामा राखेको छैन। रियलको जोड एम्बाप्पेलाई नै भित्र्याउनेमा छ। गएको सिजन देखि रियल एम्बाप्पेलाई लिएर अलि बढी नै गम्भीर छ।

प्रकाशित : मङ्गलबार, साउन १९, २०७८२२:०४

रोनाल्डोको भविष्य एम्बाप्पेको हातमा !