आजबाट खुल्यो सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ, कत्ति कित्ता भर्ने?

काठमाडौँ – आजबाट सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको साधारण शेयर (आइपिओ) को बिक्री खुला भएको छ । सानिमा लाइफको आइपिओ आज देखि सर्वसाधारणका लागि खुला भएको हो।

प्रतिकित्ता रू. १०० अंकित दरको ६० लाख आइपिओ बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ। त्यस मध्ये ५ प्रतिशत अर्थात् ३ लाख कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३ लाख शेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।

बाँकी रहने ५४ लाख कित्ताका लागि भने सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आइपिओ छिटोमा साउन २४ गतेसम्म सम्मका लागि बिक्रीमा रहनेछ भने पूरा आवेदन नपरेको खण्डमा ढिलोमा भदौ २ गतेसम्म समय बढाइनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत कम्पनीको आइपिओमा आवेदन दिन सकिनेछ। न्यूनतम १० र अधिकतम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र मेरो शेयर एप (सफ्टवेयर) मार्फत कम्पनीको आइपिओमा न्यूनतम १० र अधिकतम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । साथै बिक्री प्रबन्धकबाट पनि आइपिओका लागि आवेदन दिन सकिनेछ।

प्रकाशित : बुधबार, साउन २०, २०७८१२:१९

नेप्सेमा नयाँ कीर्तिमान, जलविद्युत् कम्पनीको शेयरमा चाप !