काठमाडौँ, पूर्वमिस नेपाल श्रृङ्खला खतिवडा अध्ययनको लागि अमेरिका पुगेकी छिन्। साउन १८ गते अर्थात् सोमबार बेलुकी उनि अमेरिका उडेकी हुन्। अमेरिका पुगेसंगै उनले आफ्नो आमा-बाबु र हजुरबुवालाई सम्झेकी छिन् । उनले सामाजिक संजालमा ‘मिस यु’ भन्दै आमा-बाबु र हजुरबुवाको तस्विर समेत शेयर गरेकी छिन्।
त्रिभुवन विमानस्थलमा श्रृङ्खलालाई बिदाइ गर्न उनका परिवारका सदस्य, साथीहरु र प्रेमी सिसन बानियाँ पनि पुगेका थिए । नेपालमा आर्किटेक्चरमा स्नातक गरेकी उनि स्नातकोत्तर तहको अध्ययन गर्न अमेरिका गएकी हुन्। जहाँ उनि विश्वकै चर्चित विश्वविद्यालय हार्वर्डमा अध्ययन गर्नेछिन्।
उनले करिब ५ महिना अगाडी मात्रै हार्वर्ड विश्वविद्यालयमा अध्ययनको लागि स्वीकृति पाएकी थिइन्। मिस नेपालको बिजेता भएसँगै निरन्तर चर्चामा रहेकी श्रृङ्खलाको विश्वभरका नेपालीहरुले उनको सुन्दरता र बौद्धिकताको प्रसंशा गर्छन।
सन् २०१८ को मिस नेपाल विजेता श्रृङ्खला खतिवडा एमाले सांसद विरोध खतिवडाकी छोरी हुन् ।