नेता झलनाथ खनालले गरे मिर्गौला प्रत्यारोपण!

file photo

दिल्लीमा उपचारत नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ। गत असार २ गते उपचारको लागि भारत  पुगेका खनालको दिल्लीको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको हो ।

मिर्गौला प्रत्यारोपण गरिएका खनाल केहि समय अस्पतालमै आराम गरि नेपाल फर्किनेछन्।

नेता खनालको स्वास्थ्यमा समस्या (ज्वरो र रगतमा हेमोग्लोबिनको कमी) देखिएपछि उनलाई काठमाडौँको नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। त्यसपछि  थप उपचारको  लागि खनाललाई दिल्ली लगिएको थियो।

प्रकाशित : बुधबार, साउन २०, २०७८१५:३७

प्रतिष्ठानको बहिष्कारलाई ‘बहिस्कार’ बाटै दुर्गेशको काउन्टर !