‘म परिवर्तन हुन्छु, तिमी रमाउनु’ भन्दा आयुष्मानलाई प्रियंकाले कुटाई नपुगेको भनेपछि…..

फिल्मको मात्र नभएर विभिन्न कारणले सधैं चर्चामा रहने गरकी अभिनेत्री प्रियंका कार्की सामाजिक संजालमा निकै सक्रिय छिन् । उनि अहिले आफ्नो गर्भावस्थामा रमाईरहेकी छिन्। अभिनेत्री प्रियंकाको सामाजिक संजालमा बेला-बेलामा चर्चा र आलोचना हुने गर्छ। त्यस्तै प्रियंकाले आफु गर्भवती भएको कुरा खुलासा गरेदेखि उनको चर्चा भन्दा बढी आलोचना र टिका टिप्पणी हुदै आएको छ।

मानिसले जे भनेपछि प्रियंका आफ्नो गर्भावस्था खुलेर रमाईरहेकी छिन्। सबैको लागि राम्रो बन्न सकिन्न भने सिद्दान्त राख्ने प्रियंका आफ्नो हरेक क्रियाकलाप आफ्ना फ्यान्ससँग साझा गर्ने गर्छिन्। गर्भवती भएकै कारण पनि निकै चर्चामा रहेकी उनी छिट्टै नै आमा बन्दैछिन्। अनेक मानिसबाट सकारात्मक तथा नकारात्मक दुबै प्रतिक्रियाको बाबजुद पनि प्रियंकाका उनका पति आयुष्मान रमाउन भने कतै छाडेका छैनन्।

हरेक दिन जसो केहि न केहि फोटो साझा गर्ने गरका यी दुई जोडी निकै चर्चामा छन्। यस्तोमा हालै मात्र प्रियंका पति आयुष्मानले प्रियंका र
आफ्नो एक निकै प्यारो तस्बिर साझा गरेका छन्। आफ्नो इन्स्टाग्राम मार्फत एक फोटो साझा गर्दै उनले लेखेका छन्,”म बदलिँदो जीवनको लागि तयार छु, तिमी रमाउँदै गर प्रियंका।”

आयुष्मानको उक्त पोस्टमा प्रियंकाले गरेको कमेन्टले अहिले सबैको ध्यान तानेको छ। आयुष्मानले पछाडीबाट प्रियंका र उनको बेबी बम्पलाई समातेको फोटोमा प्रियंकाले कमेन्ट गरेकी छिन्,”आच्ची, पिटाइ खान नपुगेको।” अहिले प्रियंकाको यो कमेन्ट निकै भाइरल भइरहेको छ।

प्रकाशित : बिहिबार, साउन २१, २०७८१२:४५

जब अमिताभले ३६ वर्ष कान्छी छोराकी प्रेमिकालाई किस गरे …