पढ्न नदिई जबर्जस्ति विवाह गर्न खोजेपछि सुनसरीकी खदिजाको बहादुर कदम, सबै चम्मित !

इनरुवा – विवाहको कुरा चलाएपछि सुनसरीको दुहवी नगरपालिका– ८ सोनापुरकी एक युवतीले साथीको शरणमा पुगेकी छन् । परिवारमा आफ्नो इच्छा विपरीत विवाहको कुरा चलाइएपछि स्थानीय खदिजा खातुन घर छाडेर साथीको शरणमा पुगेकी हुन्।

आफूलाई कक्षा ७ सम्म मात्रै पढाएको परिवारले पठनपाठबाट वञ्चित गरेको पछिल्लो समय वैशाखमा आफ्नो इच्छा विपरीत विवाहको कुरा चलाएपछि असार दोस्रो हप्तादेखि घर छाडेर सुरक्षित साथ साथीको शरणमा पुगेको खदिजाले बताइन् ।

परिवारले प्रहरीसम्म उजूरी गर्नका लागि गएको सूचना पाएपछि विरानगरमा साथी कहाँबाट भिडियो र प्रेस विज्ञप्तिमार्फत आफू सुरक्षित रहेको सार्वजनिक गरेको खजिाले जानकारी दिइन् ।

परिवारले मावि र उच्च शिक्षासम्म पढ्नबाट वञ्चित गरेको अरोप लगाउँदै खदिजाले विवाह पनि आफूले चाहेको भन्दा अर्कैसँग इच्छा विपरीत गर्न खोजेकाले सुरक्षाका लागि साथीको शरणमा पुगेको बताइन् ।

प्रकाशित : बिहिबार, साउन २१, २०७८१५:१२

हात चल्दैन, बोल्न पनि सक्दैनन् याम, खुट्टैले लेखेरै दिरहेका छन् ११ को परीक्षा !