“मेरो नाम क्रिस्टियानो रोनाल्डो हो, मैले गरेको प्रहार गोल मात्र हुन्छ”, रोनाल्डोको त्यो लेजेण्डरी उत्तर !

रियल म्याड्रिड, लिभरपुल जस्ता ठूला क्लबको प्रशिक्षकका रूपमा काम गरिसकेका राफा बेनिटेज प्रिमियर लिग क्लब एभर्टनका मुख्य प्रशिक्षकका रूपमा नियुक्त भएसँगै क्लबका फ्यानहरुमा सकारात्मक उर्जा थपिएको छ। हालै द एथलेटिक नामक सञ्चार माध्यमबाट एक रमाइलो घटना बाहिर आएको छ।

यो रोमान्चक घटनामा राफाका वरिष्ठ विश्लेषक एन्टोनियो गोमेज र क्रिस्टियानो रोनाल्डो संलग रहेका छन्। यो कुरा राफा रियल म्याड्रिडका मुख प्रशिक्षक हुँदाको भएको बताइएको छ। विभिन्न स्रोतका अनुसार गोमेज क्रसबार च्यालेन्जमा निकै उत्कृष्ट थिए। उनले सधैं जसो म्याड्रिडका खेलाडीलाई क्रसबार च्यालेन्ज गर्नको लागि चुनौती दिने गर्थे र पैसा जित्ने गर्थे।

एकपटक प्रशिक्षण पछि, गोमेजले टोनी क्रुस, सर्जियो रामोस र लुका मोड्रिचलाई उक्त च्यालेन्जका लागि चुनौती दिए र सबैलाई हराएर सयौं युरो आफ्नो पोल्टामा परेका थिए। रियलका खेलाडी र गोमेज बीचको यस्तो च्यालेन्ज क्लबका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले हेरिरहेका थिए। जसपछि गोमेजले रोनाल्डोलाई नै आफूसँग भिड्न च्यालेन्ज गरे तर ५ पटकका ब्यालुन डी ओर विजेताको उत्तर सुनेर उनी केहि बोल्नै सकेनन्।

गोमेजको च्यालेन्जको उत्तरमा रोनाल्डोले भने,”म क्रिस्टियानो रोनाल्डो हुँ। मैले प्रहार गरेको बलले जाली मात्र चुम्छ।” रोनाल्डोको उत्तर सुनेर सबै रियल खेलाडीले गोमेजलाई जिस्काउन सुरु गरे तर गोमेजले भने रोनाल्डो आफूसँग भिड्न डराएको बताए। रोनाल्डोको यो उत्तरले दर्शाउँछ कि रोनाल्डोको प्रमुख लक्ष्य भनेको गोल गर्नु हो र आफ्नो टोलीलाई सकेसम्म धेरै खेल र उपाधि जिताउन मद्दत गर्नु हो।

प्रकाशित : बिहिबार, साउन २१, २०७८१७:४६

“बार्सिलोनामा भिजेको बिरालो जस्तो भएका मेस्सी कोपा अमेरिका जितेपछि सिंह भएका छन्”