पछिल्लो २४ घण्टामा झन्डै ४ हजारमा कोरोना संक्रमण पुष्टि, ३७ जनाको मृत्यु !

पछिल्लो २४ घण्टामा थप ३ हजार ९३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७ लाख ८ हजार ७९ पुगेको छ भने एन्टिजेन विधिबाट ६५ हजार ७८१ जनामा संक्रमण पुष्टि भएको छ।

थप ११ हजार ८७० जनाको पिसिआर परीक्षण तथा ६ हजार ५३८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट ३ हजार ७  तथा एन्टिजेनबाट ९३१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ३६ लाख ५६ हजार ३४२ जना पुगेको छ । हालसम्म ६ लाख ६३ हजार ६६३ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर २ हजार १२ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९३ दशमलप ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । देशभर कोरोना सक्रिय संक्रमितको सङ्ख्या ३४ हजार ४२२ रहेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण ३७ जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या ९ हजार ९९४ पुगेको छ।

प्रकाशित : बिहिबार, साउन २१, २०७८१७:२०

‘स्मार्ट’ बन्न नसकेको ‘स्मार्ट’ चालक अनुमतिपत्र