एजेन्सी – बलिउड निर्देशक संजय लीला भन्साली उत्कृष्ट फिल्म निर्देशकहरु मध्ये एक मानिन्छन्। उनले अहिले सम्म कयौं सुपरहिट र यादगार फिल्महरु बनाएका छन्। उनका चलचित्रहरु दर्शक माझ धेरै नै चर्चित छन्। भिन्न प्रकारका चलचित्र बनाउन माहिर उनले प्रचलित ट्रेन्ड भन्दा बाहिर रहेर चलचित्रहरु बनाएका छन्।
त्यस्तै चलचित्रहरु मध्ये एक रहेको छ सन् २००५ मा रिलिज भएको ‘ब्ल्याक’। चलचित्रमा रानी मुखर्जी र अमिताभ बच्चनलाई मूख्य भूमिकामा देखिएको थियो।
भन्सालीको उक्त चलचित्र ब्लकबस्टर साबित भएको थियो भने चलचित्रका लागि अमिताभ बच्चनले नेशनल अवार्ड समेत जितेका थिए। त्यस्तै रानी मुखर्जीले पनि उक्त चलचित्रका लागि फिल्म फेयर अवार्ड झितेकी थिइन्। तर, चलचित्रको एक सिनले त्यस समयमा हंगामा नै मच्चाएको थियो।
खासमा, चलचित्रमा अमिताभ वच्चन र रानीको एक किसिंग सिन थियो। उक्त सिनले अमिताभ वच्चनको परिवारमा समेत हंगामा मच्चिएको थियो। बताउने गरिन्छकि त्यस समयमा अभिषेक बच्चन र रानी एक अर्कालाई धेरै मन पराउँथे। किसिंग सिन देखेपछि अभिषेक समेत छक्क परेका थिए। चलचित्र पश्चात अमिताभकी पत्नी जय बच्चनसँग रानीको सम्बन्ध बिग्रिएको थियो।
चलचित्रमा रानीले फरक क्षमता भएकी युवतीको भूमिका निभाएकी थिइन्, उनी आँखा देख्न सक्दैनथिइन्। चलचित्रमा अमिताभ र रानी बीचको राम्रो केमेस्ट्री देख्न मिलेको थियो। चलचित्रका लागि रानी पहिलो विकल्प भने थिइनन्। चलचित्रमा पहिला करीना कपूरले काम गर्ने चर्चा चलेको थियो। तर, बच्चन परिवारसँग राम्रो सम्बन्ध राम्रो नभएका कारण करीनाले चलचित्र छाडेकी थिइन्।