तामाङ वन्धुकै मोटरसाइकल चोरेर हुँइकिएका दुई तामाङ वन्धु पक्राउ !

काठमाडौँ – मोटरसाइकल चोरी गर्ने कार्यमा सक्रिय रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। मोटरसाइकल चोरी गरेको अभियोगमा प्रहरीले दुई जनालाई काठमाडौंको टोखा नगरपालिकाबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नुवाकोट सुर्यगडी गाउँपालिका–४ घर भइ हाल काठमाडौं बनस्थली बस्ने वर्ष २४ का संजय तामाङ र जिल्ला नुवाकोट तादी गाउँपालिका–६ घर भई हाल तारकेश्‍वर–६ बस्ने वर्ष ३२ का बुद्धि बहादुर तामाङ रहेका छन्।

दुवैलाई काठमाडौंको टोखा नगरपालिका धनेश्वरबाट हराएको प्रदेश ३-०२-००२ प ४८०३ नम्बरको मोटरसाइकल सहित पक्राउ गरिएको ट्राफिक प्रहरीले जनाएको छ। दुवैलाई काठमाडौंको तारकेश्‍वर -६ धर्मस्थलीबाट पक्राउ गरिएको हो।

बा ८९ प ७९६९ नम्वरको कालो, रातो रंङको २२० सीसीको पल्सर मोटरसाइकलमा रहेका उनीहरु माथि शंका लागेपछि प्रहरीले चेक जाँचगरेको थियो। सो क्रममा उक्त च्यासिस तथा इन्जिन नम्वर भएको मोटरसाइकलको वास्तविक नं. प्रदेश ३-०२-००२ प ४८०३ खुल्न आएको थियो।

प्रहरीले दिएको जानकारी अनुसार मोटरसाइकल हराएपछि रसुवा नौकुण्ड गाउँपालिका-६ घर भएका वर्ष २१ को राममान तामाङले निवेदन दिएका थिए। मोटरसाइकल सहित पक्राउ परेका दुवैलाई प अनुसन्धान एवं कानुनी कारबाहीको लागी प्रहरी बृत्त, महाराजगंज पठाइएको छ।

प्रकाशित : बिहिबार, साउन २१, २०७८१८:०२

विदेशबाट डलर पठाउने नेपालीलाई भन्सारमा सास्ती किन?