“मेस्सी-रोनाल्डो पछि विश्वमा कोहि उत्कृष्ट छ भने ती केभिन डी ब्रुयना हुन्”

एजेन्सी – प्रिमियर लिग क्लब एस्टन भिल्लाबाट म्यानचेस्टर सिटीमा अनुबन्धित भएका इंग्लिस विंगर ज्याक ग्रिलिसले लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो पछिको उत्कृष्ट खेलाडी केभिन डी ब्रुयना भएको दावी गरेका छन्।

सिटीमा अनुबन्धित भएपश्चातको पहिलो अन्तर्वार्ताका क्रममा ग्रिलिसले मेस्सी र रोनाल्डो पछि कोहि उत्कृष्ट खेलाडी छन् भने ती केभिन डी ब्रुयना रहेको बताए। अन्तर्वार्ताका क्रममा ग्रिलिसले डी ब्रुयनाको खेल शैलीले आफूलाई जहिले पनि प्रभावित पार्ने गरेको बताए।

“मैले उनी बारे केहि पटक बोलेको छु। मैअले जहिले पनि भान्ने गरेको छु कि मेस्सी र रोनाल्डो बाहेकको कुरा गर्ने हो भने उनी विश्वको सर्वश्रेष्ठ खेलाडी हुन्।”,ग्रिलिसले भने।

एक सर्वश्रेष्ठ खेलाडीमा हुनुपर्ने सम्पूर्ण गुण डी ब्रुयनामा रहेको ग्रिलिसले बताए। डी ब्रुयना अन्डररेटेड रहेको ग्रिलिसको भनाई छ। मैदानमा डी ब्रुयना कति छिटो छन् भन्ने कुरालाई धेरैले नजर अन्दाज गर्ने गरेको उनको भनाई छ। केभिन डी ब्रुयना विरुद्ध केहि पटक खेलेको भएपनि एकै टीमबाट खेल्न आफू धेरै आतुर रहेको ग्रिलिसले बताए।

उनले भने,”सबैलाई थाहा छ उनी कति राम्रा खेलाडी हुन्। बल आकाशबाट आएको होस् अथवा जमिनबाट, उनी बललाई सहजै नियन्त्रणमा लिन्छन्। उनी ड्रिबल पनि धेरै सहज तरिकाबाट गर्छन्। उनी वास्तवमै धेरै छिटो छन्, तर त्यसको श्रेय उन्ल्के उनले पाउने गरेका छैनन्।”

साथै ग्रिलिसले केभिन डी ब्रुयनाबाट धेरै कुरा सिक्न पाउने विश्वास पनि व्यक्त गरे। केभिन डी ब्रुयना आफ्ना लागि ठूल्दाइ जस्तै रहेको पनि उनले बताए।

प्रकाशित : शुक्रबार, साउन २२, २०७८११:४८

बार्सिलोनाको यस्तो निर्णयले मेस्सीको पनि उड्यो होस्, क्लब समर्थकलाई ‘बाई’ भन्ने !