“मेस्सी आउनु भन्दा अगाडी पनि बार्सिलोना चलेको थियो, मेस्सी नहुँदा पनि चल्नेछ”

फुटबल क्लब बार्सिलोनाले क्लब कप्तान लियोनल मेस्सीले बार्सा छाड्ने घोषणा गर्ना साथै फुटबल जगतमा तहल्का मच्चिएको छ। लालिगाको स्यालरी क्याप नियमका कारण मेस्सीसँग नयाँ सम्झौता हुन नसकेको भन्दै बिहिबार बार्सिलोनाले आधिकारिक रूपमा नै मेस्सीले अर्को सिजन बार्सिलोनाबाट नखेल्ने घोषणा गरेको थियो।

क्लबको उक्त घोषणापछि चकित भएका फुटबल समर्थक बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाको शुक्रबारको प्रेम सम्मेलनको पर्खाइमा रहेका थिए। लापोर्टाले मेस्सीको अवस्थामा ताजा खबर दिने आशामा रहेका मेस्सीका प्रशंसकलाई अध्यक्ष लापोर्टाले खराब खबर दिएका छन्। शुक्रबार प्रेस सम्मेलनमा बोल्दै लापोर्टाले अब मेस्सी र बार्सिलोना बीच कुनै पनि प्रकारको सम्झौता गर्न नसकिने बताएका छन्।

मेस्सी र बार्सिलोना बीच सम्झौता गर्न एक मात्र मार्ग रहेको छ: सीभीसी क्यापिटल पार्टनर्ससँग लालिगाको १० प्रतिशत शेयर बेच्न सहमत भएको खण्डमा। तर सीभीसीको उक्त प्रस्ताव मानेको स्थितिमा क्लब र लिगले आउने ५० वर्षसम्म घाटा हुने भएको कारण उक्त प्रस्ताव मान्न नसकिने बताउँदै मेस्सीसँग अब कुनै सम्झौता नहुने बताएका छन्।

त्यस्तै, क्लबमा मेस्सीको लेगेसीको बारेमा बोल्दै उनले मेस्सी बार्सिलोना क्लबकै सबैभन्दा सफल खेलाडी रहेको तर मेस्सी बिना पनि बार्सिलोना चल्ने बताएका छन्। क्लबको इतिहासमा जोहान कृएफ जस्ता ठूला खेलाडी पनि रहेको र उनीहरुको बिदाईपछि पनि क्लब चलेको र मेस्सीपछि पनि बार्सिलोना चल्ने बताए। क्लब इतिहासमा मेस्सीको लेगेसी निकै राम्रो भएको उनले बताए। तर मेस्सी आउनु भन्दा पनि बार्सिलोना रहेको र मेस्सी बिना पनि बार्सिलोना रहने स्पष्ट पारेका छन्।

क्लबको सय वर्ष भन्दा लामो इतिहासमा बार्साले थुप्रै कठिन स्थिति देख्नु परेको र सधै सकारात्मक रूपमा अगाडी बढ्न सफल भएको हुँदा मेस्सी बिना पनि बार्सिलोना अगाडी बढ्ने उनको भनाई थियो।

प्रकाशित : शुक्रबार, साउन २२, २०७८१५:३४

नेपालले भारतसँग दशरथ रंगशालामा खेल्ने ! कहिले ?