नेपालले भारतसँग दशरथ रंगशालामा खेल्ने ! कहिले ?

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीले अर्को महिना भारतसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । दशरथ रंगशालामा हुने खेल भदौ १७ र २० गते हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार दुई खेल हुने पक्का गरेको हो । नेपाल र भारत दुवै साफ च्याम्पियनसिपको तयारीमा रहेका छन् । प्रतियोगिता अक्टोबरमा हुने भनेपनि हालसम्म आयोजकको टुंगो लागेको छैन । साफले अर्को साता हुने बैठकमा नेपाल वा माल्दिभ्समध्य एक राष्ट्रलाई आयोजनाको जिम्मेवारी दिने बुझिएको छ ।

नेपाल र भारतले पछिल्लो पटक दशरथ रंगशालमा ६ वर्षअघि खेलेका थिए । विश्वकप छनोट अन्तर्गत उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि सन् २०१५ को साफ च्याम्पियनसिपमा नेपाल ४-१ ले पराजित भएको थियो भने सन् २०१७ को मैत्रीपूर्ण खेलमा २-० को हार बेहोरेको थियो ।

भारत र नेपाल दुवै एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गरेका छन् । भारत आफ्नो समूहमा तेस्रो तथा नेपाल चौथो हुँदै अर्को चरणमा अघि बढेको थियो । छनोट चरणमा खेल सन् २०२२ फेब्रुअरीमा सुरु हुनेछ ।

प्रकाशित : शुक्रबार, साउन २२, २०७८१५:४४

“मेस्सीको लागि ५० वर्ष क्लब धरापमा राख्न सकिन्न, खेलाडी भन्दा क्लब ठूलो हो”