मेस्सी प्रकरणमा सिटी अलमल्ल !

गत सिजन सुरु हुनुअघि मेस्सीले बार्सिलोना बोर्डसँग क्लब छाड्ने इच्छा व्यक्त गरे। जसपछि ट्रान्सफर बजारमा केहि समय तहल्का नै मच्चिएको थियो। उक्त समयमा मेस्सीको नाम सबैभन्दा धेरै कुनै क्लबसँग जोडियो त त्यो हो म्यानचेस्टर सिटी। सिटीले मेस्सीलाई अनुबन्ध गर्नको लागि प्रयास पनि गर्यो।

तर तत्कालिन क्लब अध्यक्ष जोसेप मारिया बर्तमेउले मेस्सीको ट्रान्सफर फी ७०० मिलियनमा मात्र मेस्सीले क्लब छाड्ने पाउने अडान राखे, जसको कारण मेस्सीले क्लबमै बस्ने निर्णय गरेका थिए। त्यसपछि क्लबको अध्यक्षका रूपमा जोआन लापोर्टा नियुक्त भएसँगै क्लब कप्तान बार्सामै बस्ने सम्भावना उच्च भएको थियो।

त्यहि कारणले पनि अघिल्लो सिजनको सुरुवातमा मेस्सी प्रति निकै चासो देखाएको सिटीले यो सिजन भने ट्रान्सफर बजारमा आफ्नो रणनीति नै परिवर्तन गर्दै आफ्नो ध्यान टोटनह्याम कप्तान ह्यारी केन र एस्टन भिल्ला स्टार ज्याक ग्रिलिस तर्फ मोडेको थियो। भर्खरै मात्र ग्रिलिसलाई १०० मिलियनमा क्लब भित्र्याएको सिटीले केनलाई पनि अनुबन्ध गर्ने तयारी गरिरहेको थुप्रै रिपोर्टहरुले जनाएका छन्।

ट्रान्सफर सूचीमा बिना मेस्सीको नाम बजारमा उत्रिएको सिटी बिहिबार मेस्सीले क्लब छाड्ने घोषणा भएसँगै अलमल्लमा परेको छ। ग्रिलिसलाई अनुबन्ध गरेर केन तर्फ ध्यान मोडेको सिटी अहिले मेस्सीलाई पनि क्लबमा लेराउने वा नालेराउने भन्ने दोधारमा परेको छ। मेस्सीको ठूलो पारिश्रमिकको कारण पनि सिटी अहिले अन्योलमा रहेको बुझिएको छ।

१०० मिलियनमा ग्रिलिस लाई अनुबन्ध गरेको सिटीले केनको लागि पनि १०० मिलियन भन्दा ठूलो रकम खर्च गर्नुपर्ने हुन्छ। क्लब समर्थकले मेस्सीलाई अनुबन्ध गर्न आग्रह गर्न थालेपछि अहिले सिटी अलमल्लमा परेको बुझ्न सकिन्छ।

प्रकाशित : शुक्रबार, साउन २२, २०७८१७:२६

पीएसजीको नयाँ रणनीति: मेस्सी भित्र्याउने, एम्बाप्पेलाई फुत्किन नदिने !