देशभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १० हजार नाघ्यो, संक्रमण दर उच्च !

काठमाडौँ –  पछिल्लो २४ घण्टामा थप ३ हजार ७२९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७ लाख १० हजार ५०९ पुगेको छ भने एन्टिजेन विधिबाट ६७ हजार ८० जनामा संक्रमण पुष्टि भएको छ।

थप ९ हजार ४९३ जनाको पिसिआर परीक्षण तथा ६ हजार १८२ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट २ हजार ४३० तथा एन्टिजेनबाट एक हजार २९९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ३६ लाख ६५ हजार ८३५ जना पुगेको छ । हालसम्म ६ लाख ६५ हजार ५४८ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ हजार ८८५ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९३ दशमलप ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण २५ जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या १० हजार १९ पुगेको छ।

प्रकाशित : शुक्रबार, साउन २२, २०७८१७:३४

३,७२९ सङ्क्रमित थपिए, १,८८५ निको