एजेन्सी – हामी स्वस्थ रहनको लागी हामीले स्वस्थकर खानेकुरा, शारीरीक व्यायमको साथमा दातँलाई पनि विशेष रुपमा ख्याल गर्नुपर्दछ । दातँको समस्या मध्ये धेरै मानिसहरुलाई देखिने समस्या दातँ सिरिङ सिरिङ गर्ने समस्या हो ।
हाम्रो दाँतको बाहिरी भागमा इनामेल हुन्छ, भने इनामेलभन्दा भित्रि भागमा डेन्टिन हुन्छ । सबैभन्दा भित्रको भाग भनेको पल्प हो । खासगरी इनामेल खिइदाँ डेन्टिन देखिने र दात सिरिङ् सिरिङ् हुने समस्यादेखा पर्दछ । डेन्टिनको नशा संवेदनशील हुने कारणले यस कुरामा प्रति विशेष ध्यान दिनुपर्दछ । इनामेल खिएमा दात सिरिङ् सिरिङ् हुने कारणले यस्ता समस्या कसरी देखापर्दछन् भन्ने बारेमा जानकारी लिएर सावधानि अपनाउनु पर्दछ ।
यस्ता छन् इनामेल खिइने कारण ः
१. अंधिकाश मानिसहरुको बानी जे काम पनि छिटो छिटो गर्ने हुन्छ दाँत माझदा पनि छिटो माझ्ने कोसिस गर्ने गरिन्छ जसको कारणले गर्दा इनामेल खिइन्छ, त्यसैले बल लगाएर वा छिटो छिटो दातँ सफा गर्नुहुदैन् ।
२. धेरैले अमिलो वा एसिडयुक्त खानेकुरालाई मनपराउँछन् जसको कारणले दात कमजोर हुने र इनामेल खिइन्छ ।
३. पछिल्लो समयमा दाँत चम्काउनको लागी कागती वा नुनको प्रयोग बढ्दो रुपमा छ, यसले पनि इनामेल खियाउँने कारणले गर्दा सचेत रहनुहोस् । ४.सुत्दाखेरी दात किट्ने बानीले पनि यस्तो समस्या देखापर्दछ ।
५. बारम्बार मुख सफा गर्ने बानी धेरैको छैन् मुख सफा नगार्नाले गिजा तल झर्ने र दातको जरा देखिन सुरु गर्दछ र सिरङ् सिरिङ् हुन्छ ।६. टोकाइ नमिलेमा पनि इनामेल खिइने कारणले गर्दा राम्ररी टोक्नुपर्दछ ।
यसको साथमा अन्य कारणहरुमा दात किराले खानु, भरेको सिमेन्ट निस्कनु, एसिडयुक्त औषधीको सेवन गर्नु वा कुल्ला गर्नु ।
कसरी बच्ने त ?
१. सहि तरिकाले ब्रस दैनिक रुपमा २ पटक जति गर्ने र ब्रस गर्दा फ्लोराइडयुक्त मन्जनले मात्र गर्ने । २. एसिडयुक्त खानेकुरा एकदमै कम खाने र प्रशस्त मात्रामा पानी पिउने ।
३. ग्यास्ट्रिकसम्बन्धी समस्या भएमा पनि यस्तो हुने कारणले गर्दा ग्यास्ट्रिक हुनबाट बच्ने । ४. सुत्दा दात किट्ने बानी छ भने डाक्टरको परामर्श लिने । ५.खैनी, चुरोट जस्ता सुर्तीजन्य पदार्थ सेवनबाट टाढा रहने ।
उपचार विधि :
दात सिरिङ् सिरिङ्को समस्यादेखा परेमा सर्वप्रथम त चिकित्सकको सल्लाह लिनुपर्दछ ।
१. यस्ता समस्याबाट पिडित भएकाले सदैव ब्रस गर्दा हतार गर्नुहुदैन् र डाक्टरले दिएको मन्जनको मात्र प्रयोग गर्नुपर्दछ ।
२. दाँत किड्ने बानीलाई हटाउँन माउथगार्ड लगाउने । ३. पेटको समस्याबाट दाँतमा पनि समस्या आउँने कारणले गर्दा पेटलाई खराब वा गाहे हुन नदिने ।
४. दात मिलेको छैन् भने नमिलेको दाँतको अर्थोडोन्टिक उपचार गराउने । यदि गर्दा गदै पनि दाँतको उपचार गर्न गाहे कारणले गर्दा रुट क्यानलको उपचार गराँउनुपर्दछ ।

