“मेस्सी युभेन्टस जानुपर्छ, मेस्सी र रोनाल्डो एक हुँदा बम बन्छ”

एजेन्सी – कोलाम्बियन फुटबलर हामेस रोड्रिग्वेजले लियोनेल मेस्सी युभेन्टस गएको हेर्ने ठूलो रहर रहेको बताएका छन्। ट्विच लाइभका आफ्ना धारणा राख्दै युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र मेस्सी एकसाथ खेलेको हेर्ने ठूलो रहर रहेको बताएका हुन्।

मेस्सी युभेन्टस गएको खेलेको खण्डमा त्यो विष्फोटक हुने रोड्रिग्वेजले बताए। आफू जस्तै धेरै मेस्सी र रोनाल्डोका सम्पूर्ण प्रशंसकको दुवैलाई एक साथ देख्ने चाहना रहेको रोड्रिग्वेजको भनाई छ।

“मेस्सी युभेन्टस गाएर रोनाल्डोसँग खेल्नु पर्छ। त्यो बम भन्दा कम हुने छैन ।”,उनले भने,”दुवैलाई एकैक्लबबाट खेलेको हेर्ने म जस्तै धेरै प्रशंसकको चाहना छ।”

मेस्सीले बार्सिलोनामा नरहने पक्का भएसँगै बार्सिलोना ठूलो समस्यामा परेको पनि उनले बताए। एक सिजनमा ३० गोल, ३० असिस्ट सम्म गर्ने क्षमता राख्ने मेस्सीको स्थानमा एक खेलाडी मात्र ल्याएर नपुग्ने रोड्रिग्वेजको बुझाई छ।

“मेस्सीले बार्सिलोनाका लागि कम्तीमा ३० गोल र ३० असिस्ट एकै सिजनमा गर्थे। अब त्यसो गर्न बार्सिलोनाले एक खेलाडी मात्र खोजेर पुग्दैन। १० गोल १० असिस्ट गर्ने एक खेलाडी र त्यस्तै गर्न सक्ने अन्य केहि खेलाडी बार्सिलोनाले खोज्नुपर्ने हुन्छ”,रोड्रिग्वेजले भने।

फुटबलमा पछिल्लो समय धेरै परिवर्तन आइरहेको रोड्रिग्वेजले ट्विच लाइभमा सुनाए। मेस्सी र सर्जियो रामोसको बहिर्गमनले त्यो कुरा पुष्टि गरेको उनी बताउँछन्।

“फुटबल धेरै परिवर्तन भएको छ, मेस्सीले बार्सिलोना छाड्नुले यो पुष्टि गर्छ।”,उनले भने,”कसले सोचेको थियो मेस्सीले बार्सिलोना छाड्छन् वा सर्जियो रामोस रियल म्याड्रिड छाड्छन्?”

प्रकाशित : शनिबार, साउन २३, २०७८१४:२३

पिएसजीमा मेस्सी: पारिश्रमिक नेयमार भन्दा बढी हुने ! कति ?