काठमाडौँ – कक्षा १२ को निर्धारित परीक्षा स्थगित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को निर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।
राष्ट्रिय परीक्षा बोर्डले यही साउन ३१ गतेदेखि परीक्षा हुने गरी तालिका सार्वजनिक गरेको थियो। कोरोना भाइरस संक्रमण पुनः बढ्न थालेसँगै कक्षा १२ को परीक्षा स्थगित गर्न विद्यार्थी तथा सरोकारवालाहरुले माग गरेका थिए। विद्यार्थीहरुले सामाजिक संजालमा ट्रेन्ड नै चलाएर दबाव दिएसँगै राष्ट्रिय परीक्षा बोर्ड परीक्षा स्थगित गर्ने निर्णयमा पुगेको हो।
स्वास्थ्य मन्त्रालयले समेत हालको अवस्थामा परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो। शनिबार बसेको बैठकले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
परीक्षा हालको लागि स्थगित भएपनि कार्यविधि बनाएर भौतिक रुपमै परीक्षा लिने बोर्डको तयारी रहेको छ। परीक्षा हुनु अगावै विद्यार्थीहरुलाई जानकारी दिएर परीक्षाको नयना मिती घोषणा गर्ने बोर्डको तयारी छ।