भुलेर पनि दुधको साथमा सेवन नगर्नुहोस यस्ता खानेकुराहरु, सेवन गर्दा हुन्छ यस्तो हानी !

भनिन्छ दुग्धजन्य पदार्थको सेवन  स्वास्थ्यका लागि निकै लाभदायक रहेको छ। यसमा शरीरलाई आवश्यक पर्ने बिभिन्न पौष्टिक तत्वहरु प्रसस्त मात्रामा पाइन्छ जसले शरीरमा अनावश्यक लाग्ने रोगहरुबाट बचाई राख्नका लागि मदत गर्दछ। तर कहिले कहिँ यी खानेकुराको सेवन पश्चात दुध खानाले स्वास्थ्यमा अनेक समस्या उत्पन्न हुन सक्छ।   त्यसैले आज हामी उचित स्वास्थ्यका लागि कुन कुन चिजहरु दुध पिउनु अघि सेवन गर्नु हुदैन त भन्ने बारेमा बताउन जादै छौं  , आउनुहोस

माछा मासु खाए पछि

माछा मासुमा प्रसस्त मात्रामा प्रोटिन तत्व हुन्छ। जसले गर्दा त्वाचा र कपालको वृद्धि विकासको लागि फाइदा पुग्छ। भनिन्छ माछा मासुको सेवन पश्चात भुलेर पनि दुध पिउनु हुदैन , यसो गर्नाले फुड पोइजनिङ्ग हुने , पेट दुख्ने,  अपच हुने तथा वान्ता हुने समस्या समेत हुन सक्छ।

अमिला फलफुल सेवन 

अमिला फलफुल खाए पश्चात दुध सेवन गर्नबाट सके सम्म सावधान रहनु पर्छ।  यसो गर्नाले वान्ता हुने खतरा हुन सक्छ।त्यसैले अमिला प्रकारका फलफुल खाएको करिब २ घण्टा पछि दुध खानु स्वास्थ्यका लागि फाइदाजनक हुनेछ।

करेला तथा भिंडीको सेवन

दुध खानु साथै करेला तथा भिंडी जस्ता तरकारीको सेवन गर्नु हुदैन किनकि यसले अनुहारमा अनावश्यक काला धब्बा आउने र अनुहार बिग्रने समस्या निम्तन सक्छ।

मासको दाल 

मासको दाल र दुधको एकैपटक सेवन गर्नाले पाचन प्रणालीमा नकारात्मक प्रभाव पर्दछ। यस्तो गल्ति गर्नाले पेट दुख्ने , उल्टी हुने , अपच हुने जस्ता अनेक समस्याहरु देखिन सक्छन।

गाजर/मुलाको सेवन

मुला, गाजर माछा आदिको सेवन पश्चात दुध भुलेर पनि खानु हुदैन। यसो गर्नाले छालासंग सम्बन्धित अनेक प्रकारका समस्याहरु देखिन सक्छ।  यसका साथै उमेर नै नपुगी अनुहारको छाला चाउरिने समेत हुन सक्छ।

प्रकाशित : शनिबार, चैत १६, २०७५१४:३३

सफा सेतो या खैरो रंगको अण्डा मध्ये कुन खानु स्वास्थ्यका लागि लाभदायक छ ? जानिराखौं