एजेन्सी – आइतबार राति जोन ग्याम्पर ट्रफीका लागि क्याटलान क्लब बार्सिलोना र इटालियन क्लब युभेन्ट्स भिड्दै छन्। खेल आइतबार राति नेपाली समय अनुसार १ बजेर५ १५ मिनेटमा शुरु हुनेछ।
बार्सिलोना र युभेन्टस आमने सामने हुने पक्का हुँदा लियोनेल मेस्सीले बार्सिलोनासँग नयाँ सम्झौता गर्ने र आइतबार राति हुने खेलमा मेस्सी र क्रिस्टियानो रोनाल्डो एक पटक पुनः आमनेसामने हुने अनुमान गरिएको थियो।
तर, पछिल्लो घटनाक्रमसँगै आइतबारको खेलमा मेस्सी र रोनाल्डो आमने सामने नहुने भएका छन्। मेस्सी र बार्सिलोना नयाँ सम्झौताका लागि तयार भएपनि लालिगाका कारण मेस्सी बार्सिलोनाबाट आउट भइसकेका छन्।
युभेन्टस विरुद्धको खेलमा कुनै पनि खेलाडीले १० नम्बरको जर्सी नलगाउने
ग्याम्पर ट्रफीका लागि युभेन्टस विरुद्ध खेल्दा बार्सिलोनाको १० नम्बरको जर्सी रिक्त हुने भएको छ। उक्त खेलमा कुनै पनि खेलाडीले १० नम्बरको जर्सी प्रयोग गर्ने छैनन्। आइतबार हुने खेलमा सहभागी हुने खेलाडीहरुको जर्सी नम्बर क्लबले सार्वजनिक गरेको छ। त्यसमा जर्सी नम्बर १० समावेश छैन।
मेस्सीको सम्मानमा जर्सी नम्बर १० ‘रिटायर’ गर्न माग
बार्सिलोनामा रहेर क्लबलाई धेरै उपाधि र सफलता दिलाउन सफल मेस्सीको सम्मानमा जर्सी नम्बर १० लाई रिटायर गरिनुपर्ने धेरै बार्सिलोना समर्थकको माग रहने गरेको छ। केहि खेलाडीहरुले पनि उक्त कुरालाई समय-समयमा उठाउने गरेका छन्। त्यस सम्बन्धमा बार्सिलोनाले जे-कसो गर्छ भन्ने कुरा समयले नै बताउने छ।

