मुम्बई । चर्चित भारतीय र्यापर हनी सिंहकी श्रीमती सालिनी तलवारले घरेलु हिं’सा गरेको भन्दै १० करोड भारु माग गरेकी छन् । सालिनीले हालै उनीविरुद्ध मुद्दा लगाउँदै घरेलु हिं’साबाट महिलाको संरक्षण ऐनअन्तर्गत शारीरिक र मानसिक दुव्र्यवहार मुद्दा दायर गरेकी हुन् । उनले हनीले उनलाई जनावरसरह क्रुर व्यवहार गरेको जिकिर गर्दै दश करोड भारु क्षतिपूर्तिको माग गरेकी हुन् । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
महानगरका मुख्य अधिकारी तानिया सिंहले हनीलाई उनको र सालिनीको नाममा रहेको सम्पत्तिमा कुनै तेस्रो पक्षको अधिकार नबनाउन वा श्रीमतीको गहना नबेच्ने सूचना पठाएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । सन् २०११ मा उनीहरु वैवाहिक सम्बन्धमा बाँधिएका थिए । हनी सन् २०१४ मा आएर मात्रै विवाह गरेको कुरा सार्वजनिक भएको थियो । उनले आफ्नो सांगीतिक यात्रामा बाधा नआओस् भनेर वैवाहिक सम्बन्धबारे खासै खुलेका थिएनन् ।
सालिनीले यसअघि पनि हनी र उनको परिवारबाट आफूले बारम्बार शारीरिक, मानसिक र भावनात्मक दुव्र्यवहार भोगेको बताउँदै आएकी थिइन् । सालिनीले आफ्नो विवाहको फोटो सामाजिक सञ्जालमा राखेको भन्दै त्यही रिसमा हनीले निर्दयी ढंगले पिटेको जिकिर गरेकी छन् । उनका अनुसार हनीको बाहिरका अन्य महिलासँग पनि सम्बन्धमा रहेको र ‘ब्राउन रङ दे गीत’ को सुटिङको क्रममा एक महिला सहकर्मीसँग शारीरिक सम्बन्ध राखेका थिए । यी आरोपबारे हनीले कुनै प्रतिक्रिया नजनाए पनि उनले सामाजिक सञ्जालमार्फत झुटो भएको बताएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार अदालतले हनी र सालिनीको स्वामित्वमा रहेको सम्पत्ति बेच्नबाट रोकेर सालिनीको पक्षमा अन्तरिम आदेश समेत दिएको छ ।
गायक हनी श्रीमतीले घरेलु हिं’सा गरेको आरोप लगाएपछि पछिल्लो समय सामाजिक सञ्जालमा निकै छाएका छन् । श्रीमतीले उनीसँगै उनको परिवारमाथि पनि गम्भीर आरोप लगाएपछि ती आरोपका बारेमा कुनै प्रतिक्रिया नदिए पनि सामाजिक सञ्जालमा एक वक्तव्य जारी गर्दै आरोप झुट भएको जिकिर गरेका छन् ।
उनले श्रीमतीले लगाएका सबै आरोप साँचो नभएको जनाएका छन् । हनीले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका छन्, ‘मेरी श्रीमतीले ममाथि लगाएका झुठा आरोपले मेरो मनमा गहिरो पीडा परेको छ । उनले लगाएका सबै आरोप झुटा हुन् । मैले यसअघि कुनै पनि सार्वजनिक अभिव्यक्ति दिएको थिइन् । मेरो गीतलाई, मेरो स्वास्थ्यलाई र मेरो बारेमा सञ्चार माध्यममा गलत समाचार फैलाइन्थ्यो मैले कहिल्यै सार्वजनिक रुपमा त्यसको विरोध गरिन् । म यो पटक चुपचाप रहन सकिन । मेरा बुढा बाआमा र मेरी सानी बहिनीमाथि लगाइएका झुठा आरोप हुन् । उनीहरु मुश्किल समयमा सबै मेरो साथमा थिए ।’

