किन धेरै रिसाउँछन् बच्चा ? यस्तो रोग लागेको पनि हुन सक्छ !

एजेन्सी – हरेक आमाबुबाको चाहना आफ्नो बालबच्चालाई छिट्टै ट्यालेन्ट बनाउन भन्ने हुन्छ, यहि कारणले गर्दा आमाबुबाले ३ वर्षको उमेरमा बालबच्चालाई स्कुल पठाइदिएका हुन्छन्, यति गरिपछी आमाबुबाले पनि ढुक्क महशुस गरेका हुन्छन् ।

पछिल्लो समयमा अंधिकाश बच्चाहरुको मुड फ्रेस देखिएको छैन् । उनीहरु एकैछिनमा रिसाउँने गर्दछन् भने एकैछिनमा खुःसी पनि हुन्छन् । यसरी बालबालिका अस्विभाविक रुपमा बदलिने कारणको बारेमा जानकारी भएपनि त्यसलाई वास्ता नगरेर बच्चालाई पुलपुलिएको वा मातिएको भनेर गाली गर्ने गरेको पाइएको छ ।

बच्चाको मुड यसरी चेन्ज हुनु भनेको बच्चाको मानसिकतासगँ जोडिएको कुरा हो । बच्चाको देखाउने क्रियाकलापको बारेमा थाहा भएपनि किन यस्तो भएको, उपचार के होला? भन्ने बारेमा जानकारी लिन चाहदैनन् । यस्तो व्यवहार र प्रवित्तीबाट धेरै आमाबुबा हैरान र दुःखी भएपनि
अहिलेका बच्चाहरु यस्तै हुन् भनेर छाड्ने गरेका छन् ।

बच्चाले असामान्य व्यवहार किन देखाउँछ भन्नेबारेमा जानकारी छैन् । त्यसैले आज हामी यसैबारेमा बताउँदैछौ । बच्चाले असामान्य तरिकाले आफ्नो व्यवहार परिवर्तन गर्दछ भने त्यसलाई मुड स्विंग भनिन्छ ।

बच्चालाई यस्तो रोगबाट ग्रसित गराउँने काम आमाबुबाकै हो । बच्चालाई काम गर्ने मेसिनको रुपमा सोच्दा उनीहरुको व्यवहारमा असामान्य रुपमा परिवर्तन आउने गर्दछ । बच्चाहरुलाई विशेषगरी दुध नछुटाउँदै शिशु कक्षामा, सानै क्यालमा कोचिङ र ट्युसन ग्यास राख्नुपर्ने कारणले रमाइलो गर्ने खेल्ने मौका पाएका हुदैन् ।

बच्चा खेलाउदै रमाउँदै हरेक कुरा सिकाउन सकेमा मात्र बच्चाको दिमाखमा असर नपर्ने कारणले गर्दा खेल्न र रमाउन सिकाउँनुपर्दछ ।एकोहोरो पढ्ने वातारणबाट बच्चालाई राखेमा बच्चाको मानिसक र शारिरीक विकासपूर्ण रुपमा हुदैन् त्यसैले खेल्नको लागी कारणले गर्दा समुहमा पठाउँनु पर्दछ, यहि कारणले साथीभाइबाट धेरै कुरा पनि सिक्नेगर्दछन् । खेलाउदा उमेरसमुहका साथीभाईसगँ खेलाउने कुरामा पनि जोड दिनुपर्दछ ।

त्यस्तै अर्को कारण भनेको हर्मोनको कारण पनि हो । विज्ञका अनुसार केहि वर्ष अगाडी १३ वा १४ वर्षमा हुन्थ्यो भने हाल १२ वा १३ वर्षको उमेरमा हुन थालेको छ । हार्मोन परिवर्तनको बेलामा आफ्नो शरिरको परिवर्तन किन भइरहेको छ भन्ने बारेमा थाहा नहुने कारणले रिस उठ्ने र उदासपना आएर यस्तो हुन्छ ।

कस्ता लक्षणहरु पर्दछन् त ?
व्यक्ति अनुसार भिन्नाभिन्नै तरिकाले प्रतिक्रया पनि जनाउन सक्दछन् । कतिलाई रिस उठ्छ त कतिलाई औडाहा हुन्छ । त्यसै कोहि खानेकुरा धेरै खाने गर्दछन् भने कसैले खाना खानै मनपराउँदैनन् ।

१. एक्लै बस्न रुचाउँने ।
२. शान्त ठाउँको खोजी गर्ने ।
३. मोबाइल वा फोन मात्र चलाउने ।
४. झर्किएर बोल्ने ।
५. सोधेको कुरा लामो समयपछि जवाफ दिने ।
६. कुनै प्रश्न सोधेमा रिसाउने ।

यस्तो समस्या देखिएमा के गर्ने त ?
यस्तो समस्याको समधान आमाबुबाको लागी जटिल हुन्छ । किनकि यस्तो अवस्थामा उनीहरु सम्हालिन सकेका हुदैनन्, यहि सम्हाल्न नसकेकै कारणले मुड स्विंगको शिकार भएका छन् । यस्तो समस्याबाट बच्चनको लागी उचित उपचार विधिको खोजीगर्नुपर्दछ ।

१. गाली, डर, धम्की देखाएर हतोत्साहित नगर्ने ।

२.मायाप्र्म र शान्तमय वातापरणमा बच्चालाई परिवार सगैं राख्ने ।

३. बच्चालाई आफू प्रतिको विश्वास घट्न नदिने ।

४. शारिरीक परिवर्तन तथा यौन स्वस्थ्यको बारेमा जानकारी दिने ।

५. सैद्धान्तिक ज्ञान र शिक्षालाई भन्दा पनि व्यवहारीक ज्ञानको बारेमा सिकाउने ।
६. बच्चाको लागी समय निकाल्नेर उनीहरु सगैं खाने र रमाउने ।

७. एक्लोपनाता फिल नगराउने ।

८. कहिले बच्चालाई कमजोर नबनाउँने ।

९. खानपानमा विशेष ध्यान दिने ।

प्रकाशित : आइतबार, साउन २४, २०७८१९:०८

नरिवलका अनेक फाइदा, राति एक टुक्रा मात्र खाँदा मिल्छन् यस्ता फाइदा !