नरिवलका अनेक फाइदा, राति एक टुक्रा मात्र खाँदा मिल्छन् यस्ता फाइदा !

एजेन्सी – नरिवल एक स्वास्थ्यवद्धर्क साथमा निकै पवित्र फल हो । हिन्दुधर्मका अनुसार नरिवल भगवानलाई चढाउदाँ भगवान प्रसन्न हुन्छन् भन्ने विश्वास गरिन्छ ।

नियमित रुपमा एक टुक्रा जति काचो नरिवल सेवन गर्नाले निकै फाइदा हुन्छ । नरिवलले शरीरको रोग प्रतिरोधात्मक क्षमताको बढाउनुको साथै स्मरण शक्ति बढाउने काम पनि गर्दछ ।

लण्डनमा पीएचडि गरेकी भोपालकी गितान्जली शर्माले नरिवलको सेवन गर्नुको फाइदाको बारेमा बताएकी छिन् । उनी भन्छिन्, नरिवलमा भिटामिन, मिनरल्स, कार्बोहाइड्रेट र प्रोटिन पाइन्छ । गर्मी मौसममा नरिवल वा नरिवलको पानी सेवन गर्नाले शितलता प्राप्त हुने कुरा पनि बताउँछिन् ।

काचो नरिवलमा पानीको मात्रा अत्याधिक भएको कारणले गर्दा शरीरमा पानीको मात्र बढाउँछ । सुन्दरताको लागी पनि नरिवल निकै फाइदाजनक औषधी हो, यसले छाला र कपाललाई पनि निकै स्वस्थ बनाउँछ । लागौं नरिवलको फाइदा तर्फ ।

१. कब्जियतको समस्या भएकाले नरिवलको एउटा टुक्रा खाना खाएपछि सुत्नुअघि खानाले पेटा सफा हुन्छ । किनकि नरिवलमा फाइवर पाइन्छ ।

२. गर्मीमा नाकबाट रगत आउने समस्या धेरैको हुन्छ । यस्ता समस्या भएकाले नरिवल मिश्रीसगँ सेवन गर्दा नाकबाट रगत आउदैन् ।

३. बारम्बार रुपमा कसैलाई बान्ता हुन्छ भने नरिवल मुखमा राखेर केहि समय चपाउनाले यस्तो समस्या रोकिन्छ ।

४. मुटुलाई नरिवलले स्वस्थ बनाउने कुरा प्रायलाई जानकारी छैन् । नरिवलमा गुड कोलस्टोर पाइने गर्दा मुटु स्वस्थ बनाउनको लागी यसले सहयोग गर्दछ ।

५. नरिवलमा एन्टिबायोटिक पनि पाइन्छ । जसको कारणले गर्दा हरेक प्रकारको एलर्जी हटाउने कार्य गर्दछ ।

६.घामबाट बच्नको लागी धेरैले बजारको सनस्क्रिनको प्रयोग गर्दछन् । तर घामबाट बच्नको लागी नरिवलको तेललाई लगाउँदा धेरै फाइदा गर्दछ ।

७. धेरैलाई डण्डिफोरको समस्याले सताउने गर्दछ यसबाट बच्नको लागी घिरौंलाको रसमा नरिवलको पानी मिसाएर अनुहारमा लगाउदाँ राहत मिल्छ ।

यसको साथमा नरिवल दैनिक रुपमा एक टक्रा सेवन गर्दा कोलस्टरको मात्रा कम गर्ने, पाचनक्रियालाई बलियो बनाउने, लामो समयसम्म चाउरीपना आउन नदिने, हर्मोनमा नियमितता ल्याउने, तौल कम गराउने, संक्रमण हुनबाट बचाउने लगायतका फाइदा गर्दछ ।

नरिवलको सेवन राती खाना खाएपछि एक टुक्रा गर्न सकिन्छ भने दिउँसो गर्दा पनि फाइदै हुन्छ ।

प्रकाशित : आइतबार, साउन २४, २०७८१९:२०

पत्थरी भए के खाने, के नखाने ? हेर्नुहोस् !