एजेन्सी – रियल म्याड्रिडका जर्मन मिडफिल्डर टोनी क्रुसले किलियन एम्बाप्पे रियल म्याड्रिड आए आफू आश्चर्यचकित नहुने बताएका छन्। एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा क्रुसले एम्बाप्पे रियल आए आफूलाई अचम्म नलाग्ने बताएका हुन्।
रियल म्याड्रिडमा विश्वका उत्कृष्ट खेलाडीहरुको आगमन हुने हुँदा एम्बाप्पेको आगमनले आफूले आश्चर्यचकित नबनाउने क्रुसले बताए। अन्तर्वार्ताका क्रममा उनले रियलमा पहिला पनि विश्वका उत्कृष्ट भन्दा उत्कृष्ट आगमन भैसकेको सम्झिए।
“म सम्झौता भैसकेको ट्रान्सफर बारे कुरा गर्न रुचाउँछु।”,क्रुसले भने,”रियल सधैं उत्कृष्ट चाहन्छ र पहिला पनि उत्कृष्ट खेलाडीको यहाँ आगमन भैसकेको छ। एम्बाप्पेको ट्रान्सफर यहाँ भयो भने मलाई अचम्म लाग्ने छैन।”
त्यस्तै क्रुसले एम्बाप्पे मात्र नभई एर्लिङ हालाण्ड रियल आउँदा पनि आफूलाई अचम्म नलाग्ने संकेत गरे। ट्रान्सफर बजारमा अहिले हालाण्ड नाम धेरै सुन्नमा आएको उल्लेख गर्दै उनको लागि धेरै रकम खर्च गर्नुपर्ने बताए।
रामोसको बहिर्गमनले अचम्मित बनाएको टिप्पणी
रियल म्याड्रिडमा एक सच्चा लिडरको रुपमा रहेका सर्जियो रामोसको बहिर्गमनले आफूलाई अनौठो अनुभूति गराएको क्रुसले बताए। रामोसको स्थान परिपूर्ति गर्न रियल म्याड्रिडका सबै खेलाडीले मिलेर काम गर्नुप्परने क्रुसको भनाई छ।
“यो एक अनौठो अनुभूति भइरहेको छ । मेरो लागी उनी मेरो समयको सबैभन्दा राम्रो डिफेन्डर थिए र उनी गज्जबका लिडर पनि थिए।”,क्रुसले भने,”मलाई थाहा छैन के गलत भयो। तर, हामी सबै मिलेर उनको अभावलाई परीपूर्ती गर्नुपर्ने हुन्छ।”

