“मेस्सीले बार्सिलोनालाई जे दिए, त्यो इतिहासमा कुनै पनि खेलाडीले कुनै क्लबलाई दिन सकेको छैन”

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले क्याटलान क्लब बार्सिलोनाबाट औपचारिक रुपमै बिदा लिए। आइतबार बिदाइका क्रममा आयोजित सम्बोधन गर्ने समारोहमा मेस्सी सम्हालिन सकेनन, भक्कानिएर रोए। मेस्सी रुँदा त्यहाँ उपस्थित पत्रकारहरु समेत भावुक बने। त्यति मात्र नभई मेस्सी रोएको देख्ने सबै भावुक भए।

मेस्सी रोएको देखेर भावुक हुनेमा क्याट्लन क्लब बार्सिलोनामा पूर्व खेलाडी ग्यारी लिनेकर पनि छन्। पत्रकार सम्मेलनका क्रममा मेस्सी रोएको देखेपछि उनले एक ट्वीट गर्दै भावुक मुद्रा मेस्सीले बिदाई मागेको देख्दा धेरै दुख लागेको बताएका छन्। ट्वीट गर्दै लिनेकरले भनेका छन्,”बार्सिलोनालाई अलविदा भन्दै गर्दै लियोनल मेस्सी भावुक भएको देखेर म पनि भावुक भएँ, दुख लाग्यो।”

त्यस्तै लिनेकरले मेस्सीले जति सफलता बार्सिलोनालाई अहिले सम्म कसैले पनि नदिएको दावी गरेका छन्। मेस्सीले जति खुशी, अविस्मरणीय क्षण कुनै पनि खेलमा कुनै पनि खेलाडीले एक क्लबलाई नदिएको उनको दावी छ।

“खेलको इतिहासमा कुनै पनि खेलाडीले यति धेरै खुशी, यति धेरै अविस्मरणीय क्षणहरु, एक क्लबलाई यति धेरै सफलता दिएका छैनन्।”,लिनेकरले ट्वीटरमा भनेका छन्।

प्रकाशित : सोमबार, साउन २५, २०७८११:२६

मेस्सीको कारण चकनाचुर भयो रोनाल्डोको यस्तो सपना !