आज सुन यस वर्षकै सस्तो ! कति ?

काठमाडौँ – गएको केहि हप्ता देखि नेपाली बजारमा सुनको मूल्य लगातार ओरालो लाग्नेक्रममा छ। त्योक्रम अझै पनि यस हप्ता पनि जारी छ। हप्ताको पहिलो दिन ह्वात्तै घटेको सुनको मूल्य सोमबार पनि घटेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा १ हजार रुपैंयाँले घटेको छ । जससँगै छापावाला सुनको मूल्य ८९ हजार रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज तेजाबी सुनको मूल्य भने तोलामा १ हजार रुपैंयाँले नै घटेको छ। नेपाली बजारमा तेजाबी सुन ८८ हजार ५ सय ५० रुपैंयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ। यस अगाडी आइतबार छापावाला सुनको मूल्य तोलामा १ हजार ५ सय र तेजाबी सुनको मूल्य १ हजार ४ सय ५० रुपैंयाँले घटेको थियो।

सुन यस वर्षकै सस्तो

नेपाली बजारमा आज कायम भएको सुनको मूल्य २०७८ सालकै कम हो। आज सुन चैत २६ गते यताकै सस्तो रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। त्यसदिन पनि छापावाला सुन ८९ हजार र तेजाबी सुन ८८ हजार ५ सय ५० रुपैंयाँमा कारोबार भएको थियो। त्यसपछि सुन यति धेरै सस्तो भएको आज नै हो। यसहिसाबले आज सुन १ सय २३ दिनकै सस्तो हो।

 

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि घटेको छ। नेपाल सुन चाँदी व्यावसायी महासंघमा अनुसार चाँदीको मूल्य तोलामा रु २५ ले घटेर १२ सय १५ रुपैंयाँ कायम भएको छ।

प्रकाशित : सोमबार, साउन २५, २०७८१०:४८

गगन थापाले खोजे देउवासंग आधार र तर्क !