मेस्सी पीएसजी जाने पक्का !

गत बिहिबार अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले फुटबल क्लब बार्सिलोनासँग सम्झौता थप नगर्ने र बार्साबाट अर्को सिजन नखेल्ने भन्दै क्लबले आधिकारिक घोषणा नै गर्यो। शुक्रबार प्रेस सम्मेलनमा क्लब अध्यक्ष जोआन लापोर्टाले क्लब र मेस्सी बीच सम्झौता भएपनि लालिगाको नियम अनुसार उनलाई लिगमा दर्ता गर्न नसकिने बताएका थिए।

त्यस्तै, आइतबार स्वयम् मेस्सीले नै पत्रकार सम्मेलनमा बार्सिलोनामा बस्न मन हुँदा हुँदै पनि आफूले क्लब छाड्नु परेको जानकारी गराए। पत्रकार सम्मेलनमा बोल्दै उनले आफू फ्रेन्च क्लब पीएसजी जान पनि सक्ने बताएका थिए। आफूसँग धेरै अफरहरु रहेका तर अहिलेसम्म कसैसँग कुनै प्रकारको सम्झौता नभएको उनले जानकारी दिएका थिए।

तर एक रिपोर्टको कुरा मान्ने हो भने ३४ वर्षीय स्ट्राइकर पीएसजी जाने पक्का भइसकेको छ। एल’एकुइपेका अनुसार बार्सिलोना छाडेसँगै पीएसजीसँग अनुबन्ध हुने पक्का भएको र मेडिकलका लागि सबै तयारी भइसकेको छ। मेस्सी सोमबार नै पेरिस जाने कार्यक्रम रहेको छ। सोमबार क्लबसँग २ वर्षीय सम्झौतामा हस्ताक्षर गरेपछि सोमबार नै वा मंगलबार मेस्सीलाई आधिकारिक रूपमा पीएसजी खेलाडी घोषणा गरिनेछ।

६ पटकका ब्यालुन डी ओर विजेतालाई सार्वजनिक गर्नका लागि क्लबले मंगलबारका लागि आइफेल टावर पनि बुक गरेको बुझिएको छ।

प्रकाशित : सोमबार, साउन २५, २०७८१०:५६

“मेस्सीले बार्सिलोनालाई जे दिए, त्यो इतिहासमा कुनै पनि खेलाडीले कुनै क्लबलाई दिन सकेको छैन”