राज कुन्द्राको गिराफ्तारीपछि अभिनेत्री शिल्प शेट्टी र उनकी आमा सुनन्दा शेट्टी पनि समस्यामा परेका छन्। शिल्पा र उनकी आमा सुनन्दामाथि ठगी गरेको आरोप लागेको छ। दुवै विरुद्द लखनउको हजरतगंज र विभूतिखन्ड थानामा दुई एफआईआर दर्ता गरिएको थियो।
यस विषयमा पुलिसले छिटो भन्दा छिटो अनुसन्धान गर्न सुरु गरेका छन्। शिल्पा र सुनन्दामाथि वेलनेस सेन्टरको नाममा ठगी गरेको आरोप लागेको छ।

लखनउ पुलिसको एक टीम मुम्बईमा पुगेका छन्। साथै एक अर्को टोली आज मुम्बई जानेछन्। यस मामिलामा पुलिस शिल्पा र सुनन्दासँग सोधपुछ गर्नेछन्। यदि दुबै दोषी ठहरिए गिरफ्तारी हुने सम्भावना छ। शिल्पा वेलनेस सेन्टरको अध्यक्ष हुन् र उनकी आमा निर्देशक हुन्।

शिल्पा र सुनन्दामाथि वेलनेस सेन्टरको ब्रान्च खोल्ने नाममा करोडौँ रुपैँया ठगेको आरोप लागेको छ। ओमेक्स हाइट्स निवासी ज्योत्सना चौहानले विभूतिखन्ड र रोहित वीर सिंहले हजरतगन्ज थानामा दुवै विरुद्द एफआईआर दर्ता भएको छ।
दुवैलाई सोधपुछको लागि नोटिस पठाईएको छ। लखनउ ईस्ट डीसीपी संजीवले बताए कि बीबीडी चौकी इन्चार्ज शिल्पा र सुनन्दासँग कुराकानी गर्न आज मुम्बई जानेछन्। यस मामिलामा पुलिसले अनुसन्धान गर्नेछन्।

