गगन थापाले खोजे देउवासंग आधार र तर्क !

काठमाडौँ – नेपाली कांग्रेसका प्रभावशाली नेता गगन कुमार थापाले कक्षा १२ को परीक्षा स्थगित भएपनि अन्य तहका परीक्षा संचालन गर्न लागिएको प्रति आपत्ति जनाएका छन्।

स्वास्थ्य मन्त्रालयको सिफारिसमा कक्षा १२ को परीक्षा स्थगित भएपनि अन्य तहका परीक्षाहरु भने संचालन गरिने भएपनि थापाले सामाजिक संजाल मार्फत असन्तुष्टि जनाएका हुन्।

प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारीमा रहेका शेरबहादुर देउवालाई फेसबुक मार्फत प्रश्न गर्दै थापाले कक्षा १२ को परीक्षा स्थगित गरेर अन्य तहका परीक्षा संचालन गरिनुको आधार तर्क खोजेका छन्।

थापा फेसबुकमा लेख्छन्,”कोरोना महामारीको कारणले कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन! यसको आधार र तर्क के हो?यस विषयमा स्वास्थ्य मन्त्रालयको धारणा के छ? प्रधानमन्त्रीज्यू कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनु पर्यो कि वैकल्पिक माध्यामबाट परीक्षा संचालन गर्नुपर्यो।”

प्रकाशित : सोमबार, साउन २५, २०७८१२:५५

एक वर्षमै लटरम्म फल्न थाले स्याउ : ढुवानी गर्न बारीभित्रै हेलिप्याड