जन्मिँदा एउटा स्याउ जति तौल गरेकी यी शिशुले १३ महिना आइ.सी.यूमा मृ-त्युलाई जितेर घर फर्किन् !

९ जुन २०२० मा सिङ्गापुरमा जन्म लिएकी शिशुलाई संसारकै सबैभन्दा सानो शिशु भनिएको थियो। उनको जन्मपछि १३ महिनाको लामो सघन उपाचारपछि मात्र उनलाई जुलाई ९, २०२१ मा घर पठाइएको छ। क्वेक यु सुआन नाम राखिएकी उक्त शिशु जन्मिँदाको समयमा मात्र २१२ ग्रामकी रहेकी बताइएको छ, जुन एक सामस्या स्याउको जति तौल हो।

PHOTO: NHU, SINGAPORE

आमा गर्भवती भएको २५ हप्ता पनि नपुगी जन्मिएकी उनको लम्बाइ २४ सेन्टिमिटर, एक मिनरल वाटरको बोतल जत्रो, थियो। यूनिभर्सिटी अफ आईअवाको टाइनीएस्ट बेबीज रेजिस्ट्रीका अनुसार उनी सम्भवत संसारकै सबैभन्दा हलुका जन्म लिने शिशु हुन्। गर्भवती हुँदा आमाको रक्तचाप अनियन्त्रित रूपमा बढेर ‘प्री-इक्ल्याप्सीआ’ नामक स्वास्थ्य समस्या उत्पन्न हुन पुग्यो। यो गर्भावस्थामा हुने यस्तो समस्या हो जसको कारणले शरीरका विभिन्न महत्वपूर्ण अंगहरुलाई हानि गर्न सक्छ। त्यसकारण आमा र बच्चा दुबैको ज्यान जोखिममा हुने भएपछि शल्यक्रिया गरेर उनलाई गर्भबाट बाहिर निकालिएको थियो।

PHOTO: Kwek family

गर्भबाट २५ हप्ता पनि नपुग्दै निकालिएको कारण त्यो समयमा यु सुआन बाच्ने सम्भावना निकै कम मात्र रहेको सिङ्गापुरको न्याश्ननल यूनिभर्सिटी हस्पिटलले जनाएको छ। यसबारे अस्पतालले एक विज्ञप्ति प्रकाशित गर्दै भनेको छ,”जन्मिँदा स्वास्थ्य सम्बन्धि जटिल समस्याका बाबजुद पनि उनको विकासले सबैलाई प्ररणा प्रदान गरेको छ। त्यसैले पनि उनलाई एक असामान्य शिशु बनाउँछ।”

PHOTO: Kwek family

यु सुआनलाई अझै फोक्सो सम्बन्धि दीर्घ समस्या रहेको डाक्टरहरुले बताएका छन्। तर एनयूएचका चिकित्कहरूका अनुसार उनी समयक्रममा बिस्तारै ठिक हुने अपेक्षा गरिएको छ। जन्म लिँदा २१२ ग्रामकी यु सुआनको तौल अहिले ६.३ किलो पुगेको छ।

प्रकाशित : सोमबार, साउन २५, २०७८१४:१०

सर्प, नागसँग नागमणि हुन्छ ? के हो वास्तविकता ?