बढ्दै सक्रिय संक्रमितको सङ्ख्या, निको हुने भन्दा संक्रमण हुनेको सङ्ख्या दोब्बर !

पछिल्लो २४ घण्टामा थप ३ हजार ६५१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७ लाख १७ हजार ४८६ पुगेको छ भने एन्टिजेन विधिबाट ६९ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ।

थप १० हजार ४४५ जनाको पिसिआर परीक्षण तथा ६ हजार १४९ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट २ हजार ६०९ तथा एन्टिजेनबाट एक हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ३६ लाख ९४ हजार १७९ जना पुगेको छ । हालसम्म ६ लाख ७१  हजार ८३ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ हजार ७८४ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९३ दशमलप ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल नेपालमा सक्रिय संक्रमितको सङ्ख्या ३६ हजार २८८ रहेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण २२ जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या १० हजार ११५ पुगेको छ।

प्रकाशित : सोमबार, साउन २५, २०७८१८:०८

अब छिट्टै यस कम्पनिको आईपीओ खुल्दै, कहिले र कति कित्ता भर्ने?