मेस्सी भित्र्याउने दौडमा म्यानचेस्टर युनाइटेडको ‘इन्ट्री’ !

एजेन्सी – लियोनेल मेस्सीको डेढ दशक भन्दा लामो बार्सिलोना बसाई सकिसकेको छ। मेस्सीले बार्सिलोनाबाट औपचारिक रुपमै बिदा पनि मागिसकेका छन्। अब मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)बाट खेल्न सक्नेछन्। पछिल्लो केहि दिन देखि मेस्सी पिएसजी जाने चर्चा जोड-तोडका साथ चलिरहेको छ।

विभिन्न संचार माध्यमहरुका अनुसार मेस्सी र पिएसजी एक सहमतिमा पुगिसकेका छन्, जसको औपचारिक घोषणा हुन मात्र बाँकी छ। तर मेस्सी भित्र्याउने होडमा अहिले आएर इंगलिस क्लब म्यानचेस्टर युनाइटेड पनि सामेल भएको छ। बेलायती पत्रिका द सनले गरेको दावी अनुसार मेस्सी भित्र्याउने दौडमा युनाइटेड पनि मिसिएको हो।

मेस्सीलाई क्लबमा भित्र्याउन युनाइटेडले हरेक हप्ता ६ लाख ७२ हजार युरो पारिश्रमिक दिने प्रस्ताव गरेको द सनले जनाएको छ । युनाइटेडले यस सिजन जाडोन सान्चो र राफायल भरानलाई भित्र्याइसकेको छ।

मेस्सी पिएसजी जाने पक्का-पक्कि रहेपनि मेस्सीको ट्रान्सफर रोक्न युरोपियन कमिसनमा उजुरी परेसँगै युनाइटेड अगाडी आएको बताइन्छ। केहि दिन अगाडी मात्रै आर्थिक तथ्यमा आधारित भएर ‘फाइनास्यिल फेयर प्ले’ अनुसार पिएसजीले मेस्सीलाई अनुबन्ध गर्न नसक्ने भन्दै युरोपियन कमिसनमा उजुरी परेको थियो।

प्रकाशित : मङ्गलबार, साउन २६, २०७८११:४७

“मेस्सीलाई क्लबमा राख्न बार्सिलोनाले सक्दो प्रयास गरेकै छैन”