पछिल्लो २४ घण्टामा झन्डै ५ हजारमा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृ-त्यु !

काठमाडौँ –  पछिल्लो २४ घण्टामा थप ४ हजार ९०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७ लाख २० हजार ६८० पुगेको छ भने एन्टिजेन विधिबाट ७१ हजार २३० जनामा संक्रमण पुष्टि भएको छ।

थप १३ हजार २१७ जनाको पिसिआर परीक्षण तथा ५ हजार ९०६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट ३ हजार १९४ तथा एन्टिजेनबाट एक हजार ७१० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ३७ लाख ७ हजार ३९६ जना पुगेको छ । हालसम्म ६ लाख ७३ हजार १९८ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर २ हजार ११५ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९३ दशमलप  ४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या ३७ हजार ३३२ रहेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण ३५ जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या १० हजार १५० पुगेको छ।

प्रकाशित : मङ्गलबार, साउन २६, २०७८१७:२५

नेप्सेमा उछाल, १३ कम्पनीको शेयरमा सर्किट ! कुन-कुन ? [सूची सहित]