पूर्व बार्सिलोना कप्तान लियोनल मेस्सी र फ्रेन्च पीएसजी बीच २ वर्षीय सम्झौतामा हस्ताक्षर गर्न सहमती जुटेको छ। मेस्सी आजै बार्सिलोनाबाट पेरिस उड्ने कार्यक्रम रहेको छ। १७ वर्ष बार्सिलोनाको पहिलो टोलीबाट खेलेपछि मेस्सीले क्याटालान क्लब छाड्न लागेका हुन्।

बार्सिलोना र मेस्सी बीच ५ वर्षीय सम्झौतामा हस्ताक्षर गर्न सहमती भएता पनि लालिगाको नियमका कारण क्लबले पूर्व कप्तानलाई दर्ता गर्न नसक्ने भएपछि मेस्सी बार्सा छाड्न बाध्य भएका थिए।

मेस्सी र पीएसजी बीच २ वर्षीय (१ वर्ष थप गर्ने विकल्पका साथ) सम्झौतामा हस्ताक्षर हुनेछ। मेस्सी आजै नै बार्सिलोनाबाट पेरिसका लागि उड्ने छन्। जसपछि बुधबार उनी पीएसजी खेलाडीका रूपमा सार्वजनिक हुने कार्यक्रम रहेको छ।

फ्रेन्च क्यापिटलमा मेस्सीले जर्सी नम्बर १९ वा ३० मध्ये एक लगाउने बताएइको छ। पूर्व बार्सिलोना टिममेट नेइमारले आफूले लगाउँदै आएको जर्सी नम्बर १० मेस्सीलाई लगाउने विकल्प प्रस्ताव गरेका थिए तर मेस्सीले नेइमारको उक्त प्रस्ताव नमान्ने बुझिएको छ।

