मेस्सी पिएसजी आउने पक्का भएपछि मख्ख नेयमार, यसो भने !

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) जाने पक्का भएको छ। मेस्सी र पिएसजी सम्झौताका लागि सहमत भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्। गएका दिनहरुमा दुवै पक्ष बीच भएको लगातारको छलफल पश्चात दुवै सम्झौताको लागि सहमत भएको बताइएको छ।

मेस्सी पिएसजी आउने कुरालाई पिएसजीका स्टार खेलाडी नेयमारले पनि पुष्टि गरेका छन्। मेस्सी र पिएसजी सम्झौताका लागि सहमत भएको खबर आइरहेका बेला नेयमार आफैंले मेस्सी पिएसजी आउने पुष्टि गरेका हुन्।

नेयमारले मंगलबार इन्स्टाग्राममा एक स्टोरी पोस्ट राखेका छन्। उक्त पोस्टमा नेयमार र मेस्सी बीचका केहि पुराना दृश्यहरु समावेश छन्। उक्त पोस्टमा नेयमारले लेखेका छन्,’फेरी सँगै”

लामो समय देखि अन्योलमा रहेको मेस्सीको बार्सिलोना बसाईमा बिहिबार पूर्णविराम लागेको थियो। बार्सिलोना र मेस्सी दुवै सम्झौताका लागि तयार रहेपनि लालिगाको नियमका कारण मेस्सी बार्सिलोना छाड्न बाध्य भए। त्यसयता मेस्सी र पिएसजी बीच विभिन्न चरणहरुमा छलफल भए।

लगातारको छलफलपछि दुई पक्ष सहमतिमा पुगेको द एथ्लेटिकले जनाएको छ। मेस्सीका पिता तथा एजेन्ट जोर्गे मेस्सीले पिएसजीसँग निरन्तर सम्पर्कमा रहेर चाँडै सम्झौताको टुंगो लगाएको एथ्लेटिकको दावी छ।

मेस्सीले पिएसजीसँग २ वर्षको सम्झौता गर्नेछन्। साथै मेस्सीसँग थप एक सम्झौता थप गर्ने विकल्प पनि रहनेछ। मेस्सीलाई एक कार्यक्रममा बीच औपचारिक रुपमा सार्वजनिक गर्ने पिएसजीको तयारी रहेको छ।

प्रकाशित : मङ्गलबार, साउन २६, २०७८१९:४५

पेरिस पुगे मेस्सी: मेस्सीलाई देख्दा खुशीले उफ्रियो भिड ! [भिडियो सहित]