मेस्सी बार्सिलोनाबाट आउट भएपछि इनिएस्टा दुखि भए, पिडा हुने बताए !

एजेन्सी – बार्सिलोना लेजेन्ड आन्द्रेस इनिएस्टाले लियोनेल मेस्सीलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)मा देख्दा अजिव हुने बताएका छन्। एक मिडियासंग कुराकानी गर्नेक्रममा इनिएस्टाले मेस्सीलाई पिएसजीबाट खेलेको देख्दा आफूलाई पिडा हुने बताएका हुन्।

इनिएस्टाले मेस्सीलाई अन्य क्लबको जर्सीमा देख्दा पिडा हुने मात्र बताएनन्, मेस्सी बिना बार्सिलोना अपूर्ण देखिने पनि बताए। इनिएस्टाका अनुसार मेस्सी बार्सिलोनाका प्रतिविम्ब थिए।

“उनलाई अर्को क्लबको जर्सीमा देख्दा पिडा हुनेछ। मेस्सी बार्सिलोनाका प्रतिविम्ब थिए। उनी बार्सिलोनाका लागि सबै कुरा थिए।”,इनिएस्टाले भने,”मैले मेस्सी जस्तो खेलाडी कहिले पनि देखेको छैन र मलाई लाग्छ देख्ने पनि छैन।”

मेस्सीको बहिर्गमनको विषय बारे टिप्पणी गर्दै भित्रि रुपमा के भएको हो भन्ने आफूहरुलाई थाहा नभएको इनिएस्टा बताए। तर, जे भएपनि बार्सिलोना छिट्टै ‘रिकभर’ हुनुपर्नेमा उनले जोड दिए। बार्सिलोना पुनः बलियो टोलीको रुपमा उदाउने इनिएस्टाको विश्वास छ। इनिएस्टाले भने,”बार्सिलोना उत्कृष्ट टीमको रुपमा अब पनि कायम रहनेछ। म भन्छु बार्सिलोनाले सधैं शिर्ष स्थानमा रहने मध्येको एक हुनेछ।

मेस्सीको नयाँ यात्रा शुरु

डेढ दशक भन्दा लामो बार्सिलोना बसाई अन्त्य गरेका मेस्सीको नयाँ यात्रा शुरु भएको छ। मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)संग दुई वर्षे सम्झौता गरेका छन्। उनीसँग थप एक वर्ष सम्झौता लम्ब्याउने विकल्प रहनेछ।

पिएसजीले फ्रि एजेन्ट मेस्सीलाई २५ मिलियन युरो हस्ताक्षर गरेवापत र प्रति वर्ष २५ मिलियन युरोमा तलब दिने सर्तमा अनुबन्धन गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।

प्रकाशित : बुधबार, साउन २७, २०७८०९:२७

मेस्सी, नेयमार र एम्बाप्पे (एमएनएम) ले अब विश्व खान्छ !