काठमाडौँ – नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुनः नियुक्त भएसंगै सपूर्ण नेपालीहरु निकै खुसि भएका छन्। प्रधानमन्त्री शेर बहादुर देउवाले निर्देशन दिएसँगै कुलमान प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका हुन्।

त्यस्तै कुलमान घिसिङ कार्यकारी निर्देशकमा पुनः नियुक्त भएसंगै हास्यकलाकार दिपक राज गिरिले खुसि हुदै सामाजिक संजालमा आफ्नो भनाइ व्यक्त गरेका छन्। उनि लेख्छन:
कुलमान…न काका बौ का छोरा!
न आमा पट्टीका न मामा पट्टिका भने जस्ता ,
तैपनि किन किन आफ्नै जस्ता लाग्ने !
उनको कार्यकाल थपियोस भनेर एकताका खूबै कराइयो! उफ्रियो !!यस्को मतलब कुलमान बाहेक अरू कसैले प्राधिकरण हाक्न सक्दैन भनेर पनि होइन , आज पनि म कहिलेकाहि त्यो कालो अध्यारो र चिसो रातहरू लाइ सम्झन्छू ,त्यतिबेला सॉझ नै नपरोस जस्तो लाग्थ्यो!….करीब एक दशक त्यस्तो निरस र कष्टकर जीबन बिताउन बाध्य भइयो !!!
आज ति दिनहरू इतिहास भएका छन् ,यिनै कुलमान को आगमन पछि …हामि भावनात्मक छौ , दिमागले मात्रै होइन मनले पनि सोच्ने गर्छौ त्यसैले त राज्यले उनको कार्यकाल थपेर एक पटक पुरस्कृत गरोस भन्ने लागेको हो तर त्यो त्यतिबेला सम्भब भएन
तर आज ढिलै भएपनि उनको पुन: आगमनले म जस्ता धेरै नेपाली लाइ खुशि लागेको हुनु पर्छ !!
राम्रो काम गर्दा ढिलै भए पनि पुरस्कार पाइन्छ भन्ने राम्रो
सन्देश गएको छ !!
स्वतंत्र नागरिकको हैसियतले सरकारको नराम्रो कामको आलोचना गरिन्छ भने राम्रो कामको तारिफ गरिन्छ !!
यो नियुक्तिको निर्णय बिल्कुल जनप्रिय निर्णय हो ,
सरकार लाइ धेरै धेरै धन्यवाद! कुलमानजी लाइ बधाइ !!
जय नेपाल !!!

देशमा व्याप्त लोडसेडिङ अन्त्य गरेर जनतामाझ लोकप्रिय भएका घिसिङको चार वर्षे कार्यकाल गत वर्ष सकिएको थियो। तर, केपी शर्मा ओली नेतृत्वको सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउने निर्णय गरेको थियो।
त्यसताका कुलमानलाई नै प्राधिकरणको जिम्मेवारी दिइनुपर्ने चर्को आवाज उठे पनि ओली सरकारले त्यसलै बेवास्ता गरेको थियो। ओली सरकारले निर्देशक नियुक्त गरेका शाक्यको काम सन्तोषजनक नभएको देउवा सरकारको ठहर छ ।

