देशभर कोरोना संक्रमण हुनेको सङ्ख्या ८ लाख नजिक, पछिल्लो २४ घण्टामा ३ हजार भन्दा बढी संक्रमित !

काठमाडौँ –  पछिल्लो २४ घण्टामा थप ३ हजार ४८१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७ लाख २३ हजार २९६ पुगेको छ भने एन्टिजेन विधिबाट ७२ हजार ९५ जनामा संक्रमण पुष्टि भएको छ।

थप १० हजार ९०७ जनाको पिसिआर परीक्षण तथा ५ हजार ७४९ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट २ हजार  ६१६ तथा एन्टिजेनबाट एक हजार ८६५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ३७ लाख १८ हजार ३०३ जना पुगेको छ । हालसम्म ६ लाख ७५ हजार ८३ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ हजार ८८५ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९३ दशमलप  ४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या ३८ हजार ३३ रहेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण ३० जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या १० हजार १८० पुगेको छ।

उपत्यकामा ९६४ संक्रमित थपिए 

काठमाडौँ उपत्यका मात्र थप ९६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उपत्यकामा सबैभन्दा बढी काठमाडौँ जिल्लामा ६६३ जना कोरोना संक्रमित थपिएका छन्। त्यस्तै, ललितपुरमा १९२ र भक्तपुरमा १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रकाशित : बुधबार, साउन २७, २०७८१६:४२

रनवेमै सीता एयरको टायर पन्चर्ड भएपछि …