केटिएम र हस्कभर्ना मोटरसाइकलको मूल्य ह्वात्तै बढ्यो ! कति ?

काठमाडौ । केटिएम र हस्क्वर्ना मोटरसाइकलको मूल्य बढेको छ । नेपालका लागि केटिएम र हस्कभर्ना बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले विभिन्न मोडलका बाइकको मूल्यमा वृद्धि गरेको हो । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

नयाँ मूल्य साउन १५ देखि लागु भएको छ । यसको विशेषता र बनावटले युवा पुस्तालाई लोभ्याएको छ । नयाँ मूल्य सूची अनुसार बाइकको मूल्य निकै बढेको हो ।

केटिएममा सबैभन्दा महँगो मोडलको बाइक ३९० एड्भेन्चरको मूल्य १० लाख ८८ हजार ९ सय रुपैयाँ पुगेको छ । २५० एड्भेन्चरको मूल्य भने ८ लाख १८ हजार ९ सय तोकिएको छ ।

२५० सिसी इन्जिन क्षमता भएको हस्कभर्ना स्वार्टपिलेनको मूल्य ५ लाख ८८ हजार ९ सयदेखि ६ लाख ५४ हजार ९ सय पुगेको छ । त्यस्तै हस्कभर्ना भिटपिलेनको मूल्य ६ लाख ५४ हजार ९ सय पुगेको छ ।

प्रकाशित : बिहिबार, साउन २८, २०७८०७:५६

बल्छीमा पर्न थाले दुर्लभ डल्फिन