काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। बुधबार घटेर धेरै नै सस्तो भएको सुनको मूल्य आज बिहिबार बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ८९ हजार ४ सय रुपैंयाँ कायम भएको छ।
त्यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ६ सय रुपैंयाँले नै बढेको छ। आज नेपाली बजारमा तेजाबी सुन ८८ हजार ९ सय ५० रुपैंयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।
यस अगाडी छापावाला सुन आइतबार ९० हजार, सोमबार ८९ हजार, मंगलबार ८९ हजार २ सय र बुधबार ८८ हजार ८ सय रुपैंयाँ तथा तेजाबी सुन आइतबार ८९ हजार ५ सय ५०, सोमबार ८८ हजार ५ सय ५०, मंगलबार ८८ हजार ५ सय ५० र बुधबार ८८ हजार ३ सय ५० रुपैंयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य
आज सुन मूल्य बढे पनि चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन। नेपाल सुन चाँदी व्यावसायी महासंघमा अनुसार आज चाँदी ११ सय ९० रुपैंयाँमा कारोबार भइरहेको छ।

