यी ९ पीएसजी खेलाडी जसले पहिला बार्सिलोनाबाट खेले !

पीएसजीका नयाँ अनुबन्धित खेलाडी पूर्व बार्सिलोना कप्तान लियोनल मेस्सी नवौं यस्ता खेलाडी बनेका छन् जसले पहिला बार्सिलोनाबाट व्यावसायिक फुटबल खले। जसपछि उनीहरुले फ्रेन्च क्लब पीएसजीबाट पनि खेले। मेस्सीले बार्सिलोनामा २१ वर्ष बिताएपछि मंगलबार पीएसजीसँग अनुबन्ध भएका हुन्।

पीएसजी मुभ पश्चात् मेस्सी फुटबलका केहि नामी खेलाडीको समूहमा परेका छन् जसले आफ्नो करियरमा पहिला बार्सिलोनाबाट खले र पछि पीएसजीबाट। यस्तो छ ती खेलाडीहरुको सूची….

९. जुआन पाब्लो सोरिन 

पूर्व अर्जेन्टिनी डिफेन्डर २००२/०३ सिजनको दोस्रो हाफमा लोनमा बार्सिलोना आए। बार्सिलोनामा आधा सिजन खेलेपछि २००३ को समरमा उनी पीएसजी पुनः लोनमा प्रस्थान गरे। २००३/०४ सिजन पेरिसमा बिताएका सोरिनले एक सिजनका लागि मात्र पीएसजीको जर्सीमा खेलेका थिए।

८. लोडोभिक गुइली 

फ्रेन्च फरवार्डले सन् २००४ देखि २००७ सम्म बार्सिलोनामा तीन वर्ष बिताए। उक्त समयमा उनले बार्साबाट दुई लालिगा र एक च्याम्पियन्स लिग उपाधि पनि जित्न सफल भए। जसपछि इटालियन क्लब रोमामा एक सिजन खेलेपछि उनले पीएसजीमा ३ सिजन बिताए।

७. थियागो मोटा 

पूर्व इटाली मिडफोल्डर सन् २००१ मा बार्सिलोनासँग अनुबन्धित भएका थिए। उनले बार्सामा ६ सिजन बिताए। जसपछि मोटाले २०१२ मा पीएसजीसँग अनुबन्ध हुनु अगाडी एथलेटिको म्याड्रिड, जेनोआ र इन्टर मिलानबाट पनि खेले। २०१२ मा पीएसजी आएका उनले पेरिसमा ६ सिजन बिताएपछि २०१८ मा सन्यासको घोषणा गरेका थिए।

६. म्याक्सवेल 

ब्राजिलियन फुल-ब्याकले स्पेनिस क्लब बार्सिलोनामा सन् २००९ देखि २०१२ सम्म ३ सिजन बिताए। २०१२ को ट्रान्सफर विन्डोमा म्याक्सवेल लाई पीएसजीले ३.५ मिलियनमा अनुबन्ध गर्यो। पार्क डेस प्रिन्सेसमा ५ सिजन बिताएपछि उनले २०१७ मा सन्यास लिएका थिए।

५. रफिन्हा 

बार्सिलोना युथ एकेडेमीका खेलाडी राफिन्हाले २०११ मा बार्सिलोनाको पहिलो टोलीमा बढुवा पाए। स्पेनिस क्लबमा ९ सिजन बिताएका ब्राजिलियन खेलाडी २०२० मा फ्री-एजेन्टका रूपमा पेरिस प्रस्थान गरेका थिए।

४. ड्यानी आल्भेस 

फुटबल इतिहासमा सबैभन्दा बढी उपाधि जित्ने ब्राजिलियन राइट ब्याक २००८ मा सेभिल्लाबाट बार्सिलोनासँग अनुबन्ध भएका थिए। बार्सामा ८ सिजन बिताएका उनी २०१६ मा इटालियन क्लब युभेन्टससँग जोडिए। ओल्ड लेडीका लागि एक सिजन खेलेपछि उनी २ सिजनका लागि पेरिस प्रस्थान गरेका थिए।

३. ज्लाटान इब्राहिमोभिक 

स्विडिस स्ट्राइकर २००९ मा इन्टर मिलानबाट बार्सिलोना प्रस्थान गरेका थिए। बार्सामा एक सिजन खेलेपछि उनले इटालियन क्लब एसी मिलानमा २ वर्ष लोनमा बिताए। जसपछि सन् २०१२ मा ज्लाटानले पीएसजीसँग सम्झौता हस्ताक्षर गरे र पेरिसमा ४ सिजन बिताए।

२. नेइमार 

ब्राजिलियन पोस्टर बोइ नेइमार सन् २०१३ मा सान्तोसबाट बार्सिलोना आएका थिए। बार्सिलोनामा ४ सिजन बिताएका नेइमारले क्लब स्तरमा सम्भव हरेक एक उपाधि जित्न सफल भए। २०१७ मा ब्राजिलियन स्ट्राइकर कीर्तिमानी फी २२२ मिलियनमा पीएसजीसँग अनुबन्ध भए।

१. लियोनल मेस्सी 

२१ वर्ष बार्सिलोनामा बिताएपछि मंगलबार मात्र मेस्सीले पीएसजीसँग २ वर्षीय सम्झौतामा हस्ताक्षर गरेका हुन्। बार्सिलोनासँग नयाँ सम्झौता हुन नसकेपछि मेस्सीले स्पेन छाड्न बाध्य भएका थिए।

प्रकाशित : बिहिबार, साउन २८, २०७८१५:२१

रामोसले मेस्सीलाई भने,”होटलमा बस्न मन नलागे आऊ, मेरो घरमा सँगै बसम !”