आँखा सम्बन्धी यस्ता समस्या हुन सक्छ गम्भीर रोगको कारण , सजक रहनुहोस !

अत्यधिक शारीरिक थकान, मानसिक तनाव , घाम , प्रदुषण ,अनिन्द्रा लगायत अन्य थुप्रै समस्याका कारण आँखामुनि कालो धब्बा बस्ने गर्दछ। यस्तो समस्या हुन नदिने एउटा मात्र उत्तम उपाय हो मानसिक तनाव कम गर्ने  र भरपुर मात्रामा निदाउने।   अब आफ्नो आँखा हेरेर नै आफु कत्तिको स्वस्थ भन्ने कुरा जान्नु होस्।

आइ ब्याग 

आइ ब्याग पोषणको कमीले लाग्न सक्ने एक खतरनाक रोग हो।  यस्तो अवस्थामा आँखाको तल्लो भाग सुन्निने तथा भारी महसुश हुने गर्दछ। यदि लामो समयसम्म यस्तो समस्या देखिएको खण्डमा समयमा नै डाक्टरको उचित परामर्श लिनु आवश्यक छ।

आँखा पंहेलो हुनु

अत्यधिक गर्मी बढे संगै आँखा पहेंलो हुनुलाई पनि खतरनाक मान्ने गरिन्छ। जन्डिस लाग्नाले आँखा सामान्य भन्दा बढी पंहेलो हुने गर्छ।  तर अत्यधिक जाँडरक्सीको सेवनले पनि आँखा पंहेलो हुने समस्या हुन सक्छ।

आँखा सानो हुनु

यदि आँखा सामान्य भन्दा सानो हुदै गएको छ भने तुरुन्तै आँखालाई भरपुर मात्रामा आराम दिनु आवश्यक छ। यस्तो हुनु कुनै जटिल रोगको कारण समेत हुन सक्छ।

आखा रातो हुनु

आँखा रातो हुनु या रातोपन देखिनु आँखामा एलर्जी हुनु संकेत हो। अत्यधिक घाम तथा धुलोको कारणले एलर्जी हुन सक्ने भएकाले बाहिर निस्कदा अनिवार्य रुपमा चस्माको प्रयोग गर्नु आवश्यक छ।

 

 

प्रकाशित : बुधबार, जेठ ०१, २०७६०८:४४

यी फल-सब्जि जसको बोक्रामा हुन्छ अत्यधिक पोषक तत्व, जान्नुहोस यसको फाइदाको बारेमा