लुम्बिनीको नयाँ मुख्यमन्त्रीमा कुलप्रसाद केसी, आजै नियुक्त !

काठमाडौँ – लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्री माओवादी केन्द्रबाट नियुक्त हुने भएका छन्। नेकपा एमालेको तर्फबाट मुख्यमन्त्री भएका शंकर पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै नयाँ मुख्यमन्त्री माओवादी केन्द्रबाट नियुक्त हुने भएका हुन्।

नयाँ मुख्यमन्त्रीमा कुलप्रसाद केसीको नाम अगाडी आएको छ। उच्च श्रोतका अनुसार केसी आजै मुख्यम्नात्री नियुक्त हुन सक्ने उच्च सम्भावना रहेको छ।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्रीमा दावी गरेको नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता केसीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न लागिएको बताइएको छ।

पोखरेलले राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको बहुमत पुर्याएर सरकार गठन गर्न प्रदेश प्रमुख अमिक शेरचनले २४ घण्टाको समय दिएका थिए। सोहि आधारमा माओवादी केन्द्रले अन्य दलको समर्थन सहित मुख्यमन्त्रीमा दावी गरेको हो।

केसीलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा समर्थन रहेको छ। केसीलाई ४१ सांसदको साथ रहनेछ।

प्रकाशित : बिहिबार, साउन २८, २०७८१५:२१

शिशुको ह-त्या गरी फरार व्यक्ति १८ वर्षपछि पक्राउ !