श्रावण महिनाको शुक्लपक्षको पंचमी तिथिलाई नाग पंचमीको रूपमा मनाइन्छ। हिन्दू धर्ममा नाग पञ्चमीलाई अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। मान्यता अनुसार यस दिन १२ प्रकारका सर्पको पूजा गरिन्छ र दुध पनि चढाइन्छ। भगवान शिवलाई सर्प निकै प्रिय छन्। त्यसैले, उनको प्रिय महिना साउनमा नाग पंचमी मनाइन्छ, जसको कारण भोले बाबा प्रशन्न हुन्छन् र भक्तलाई आशिर्वाद दिन्छन्। यो वर्ष साउन २९ गते शुक्रबार अर्थात आज शुक्लपक्षको पाँचौं दिनमा नाग पंचमी परेको छ।

ज्योतिष शास्त्रका अनुसार १०८ वर्षपछि नाग पंचमीको दिन यस पटक उत्तरा योग र हस्त नक्षत्रको महासंयोग बनेको छ। यस दिन, काल सर्प दोषबाट छुटकारा पाउन परीगनीत र शिन नामको एक नक्षत्र पनि लाग्दैछ, जसले यो दोषबाट छुटकारा पाउन धेरै मद्दत गर्न सक्छ। ज्योतिषका अनुसार यस पटक नाग पंचमीको दिन गरिने कालसर्प दोष निवारण पूजा निकै फलदायी साबित हुनेछ।

आजको दिन बनेको महासंयोगले केहि राशिका मानिसको लागि अत्यन्त शुभ परिणाम दिनेछ। जान्नुहोस् यी राशिको बारेमा….
मेष राशि

यस महान् संयोगको प्रभावको कारण मेष राशिका मानिसले अत्यन्त शुभ परिणाम प्राप्त गर्नेछन्। धन लाभ मिल्ने सम्भावना उच्च रहेको छ। सन्तान सम्बन्धि चिन्ताबाट मुक्ति मिल्नेछ। लामो समयदेखि चल्दै आएको आर्थिक समस्याबाट पनि छुटकारा मिल्नेछ। नाग पञ्चमीको दिन अनन्त नागको पूजा गर्नु तपाईको लागि फलदायी साबित हुनेछ।
वृष राशि

वृष राशिका मानिसको आर्थिक पक्ष निकै मजबूत हुनेछ। परिवारमा केहि समस्या छ भने पनि छिट्टै समाधान हुनेछ। नयाँ कार्य सुरु गर्नको लागि समय अत्यन्त शुभ रहेको छ। सन्तान पक्षबाट शुभ समाचार प्राप्त हुनेछ। नाग पञ्चमीको दिन कुलिग नागको पूजा गर्नु तपाईको लागि लाभदायक साबित हुनेछ।
कर्कट राशि

यदि तपाईं रोजगारको खोजीमा हुनुहुन्छ भने छिटै नै सफलता प्राप्त गर्नुहुनेछ। व्यापार व्यवसाय क्षेत्रमा पनि अपार सफलता प्राप्त गरिनेछ। व्यर्थको झै-झमेलामा पनि नपर्नुहोला। कर्कट राशिका मानिसहरुले नाग पञ्चमीको दिन शंखपाल नागको पूजा गर्नु पर्छ, यो पक्कै लाभदायक हुनेछ।
मकर राशि

यदि तपाईं कुनै मानसिक तनाबमा हुनुहुन्छ भने त्यसबाट छिटै नै मुक्ति मिल्नेछ। तपाईं आफ्नो करियर परिवर्तन गर्न चाहनुहुन्छ भने पनि त्यसतर्फ अगाडी बढ्न सक्नुहुनेछ। परिवारका सदस्य बीच आपसी प्रेम बढ्नेछ। रमणीय यात्रा गर्दा मन प्रशन्न होला। नाग पञ्चमीको दिन घातक नागको पूजा गर्नु तपाईको लागि लाभदायक साबित हुनेछ।

