डि मारिया भन्छन् – ‘एम्बाप्पेले पिएसजी जस्तो राम्रो क्लब भेट्न सक्दैनन्”

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का स्टार अर्जेन्टिनी खेलाडी एन्जल डि मारियाले किलियन एम्बाप्पे पिएसजीमै रहने विश्वास व्यक्त गरेका छन्। एक अन्तर्वार्ताका क्रममा एन्जल डि मारियाले पिएसजी अहिले विश्वकै उत्कृष्ट क्लबको रुपमा अगाडी बढिरहेको हुँदा एम्बाप्पे पीएसजीमै रहने विश्वास व्यक्त गरे।

एम्बाप्पेले पिएसजी भन्दा रामो क्लब भेट्न नसक्ने डि मारियाले बताए। पिएसजी विश्वकै प्रतिभाशाली क्लब रहेको डि मारियाको भनाई छ। पिएसजी जस्तो क्लब एम्बाप्पेले भेट्न नसक्ने उनले बताए।

“एमबाप्पे? मलाई लाग्छ कि उनी यहिं बस्छन्। यो स्पष्ट छ कि उनी एक खेलाडी हुन् जुन सबै ठूला टीमहरु चाहन्छन्। तर, पिएसजीको टीम जस्तो बनेको छ त्यसलाई एम्बाप्पेले छाड्न चाहने छैनन् भन्ने लाग्छ। साथै उनले पिएसजी भन्दा राम्रो टीम कतै भेट्छन् भन्ने मलाई लाग्दैन।”,डि मारियाले ईएसपीएनलाई अन्तर्वार्ता दिनेक्रममा भने।

अब डि मारियाले अर्जेन्टिना राष्ट्रिय टोलीबाट सँगै खेलिरहेका लियोनेल मेस्सी सँगै खेल्न पाउने भएका छन्। मेस्सीको पिएसजीमा आगमन सँगै मेस्सी र डि मारिया एक पटक पुनः एकै टोलीमा हुने भएका हुन्।

मेस्सी र डि मारिया अर्जेन्टिनाका लागि लामो समय देखि सँगै खेल्दै आएका छन्। यसै वर्ष भएको कोपा अमेरिकामा अपनी यी दुईले एक साथ खेलेका थिए। अर्जेन्टिनाले कोपा अमेरिका जित्दा दुवैको भूमिका महत्वपूर्ण रह्यो। फाइनलमा डि मारियाले गरेको गोल नै निर्णायक बन्न पुगेको थियो।

प्रकाशित : शुक्रबार, साउन २९, २०७८१२:५१

मेस्सीको आगमनले खुसी छैनन् एम्बाप्पे, मेस्सीसँग खेल्ने चाहना नै छैन !