एजेन्सी – लियोनेल मेस्सी आवद्ध भएपछि पेरिस सेन्ट जर्मेन(पिएसजी) माथि अहिले सबैको नजर छ। पहिला नै युरोपको एक बालियो टीमको रुपमा चिनिने पिएसजी थप बलियो हुने धेरैले अनुमान गरिरहेका छन्। पिएसजीले च्याम्पियन्स लिग जित्ने मुख्य योजना सहित मेस्सीलाई अनुबन्ध गरेको हो।
त्यस भन्दा अगाडी पिएसजीले फ्रेन्च लिग वानलाई पनि जित्ने प्राथमिकता राख्नेछ। मेस्सीको आगमन पश्चात लिग वानमा पिएसजीको अधिपत्य हुने धेरैको विश्लेषण छ। तर, लिग वान क्लब मोनाकोका अर्जेन्टिनी सेस्क फेब्रेगास मेस्सी आउँदैमा पिएसजीले नै लिग जित्न्छ भन्ने मान्दैनन्। विगतमा पिएसजीलाई उपाधि जित्नबाट मोनाको र लिलले रोकेको फेब्रेगास सम्झिन्छन्।
डेली मेललाई अन्तर्वार्ता दिनेक्रममा उनले आफूहरु मेस्सी बारे धेरै नसोची पिएसजीलाई कडा टक्कर दिने बताए। मोनाको युवा खेलाडीले भरिएको कारण क्लबले धेरै राम्रो खेल्ने उनको विश्वास छ।
खेलाडीहरुमा धेरै खर्च गारिरहेको पिएसजीले जिग जित्न नसक्नुलाई धेरैले छुट्टै किसिमले लिने गरेको पनि उनले सुनाए। उनले भने,”पक्कै पनि ! पिएसजीले लिग नजित्दा धेरैले विपदको रुपमा लिन्छन्। यस्तो किन लिइन्छ भने पिएसजीले यति ठूलो रकम खर्च गरिरहेको छ।”
गएको पाँच वर्षमा मोनाको र लिलले पिएसजीबाट उपाधि खोसेको उदाहरण प्रस्तुत गर्दै उनले क्लबमा को-को छन् भन्ने कुराले भन्दा पनि क्लबले कस्तो प्रदर्शन गर्छ भन्ने कुराले महत्व राख्ने बताए। मेस्सी विरुद्ध खेल्न मोनाकोका खेलाडहरु धेरै उत्साहित रहेको उनको भनाई छ।
“केटाहरु मेस्सी विरुद्ध खेल्न धेरै उत्साहित छन्। सबैलाई मेस्सीको जर्सी चाहिएको छ।”,उनले भने,”मोनाको युवा खेलाडीहरुले भरिएको छ। उनीहरुका लागि मेस्सी विरुद्ध खेल्नु एक परीक्षा हुनेछ। तर हामी मेस्सी बारे धेरै नसोची खेल्ने छौँ।”