काठमाडौँ – पछिल्लो २४ घण्टामा थप ३ हजार ९१५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७ लाख २८ हजार ५३२ पुगेको छ भने एन्टिजेन विधिबाट ७४ हजार ३४ जनामा संक्रमण पुष्टि भएको छ।
थप ११ हजार ७०९ जनाको पिसिआर परीक्षण तथा ६ हजार ८७४ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट २ हजार ७६३ तथा एन्टिजेनबाट एक हजार १५२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ३७ लाख ४० हजार ८१७ जना पुगेको छ । हालसम्म ६ लाख ७९ हजार ४९५ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर २ हजार ११८ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९३ दशमलप ३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या ३८ हजार ७९८ रहेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण २७ जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या १० हजार २३९ पुगेको छ।

